तेह्रथुम / नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाले पत्रकारहरु माथि पर्ने विपन्न सहयोगका लागि पत्रकारिता कल्याण कोष स्थापना गरेको छ । महासंघले पत्रकारिता पेशामा रहेका पत्रकारहरुलाई पर्ने विपद्को सामना गर्न सहयोग पु¥याउने उद्धेश्यले कोषको स्थापना गरिएको महासंघका कोषाध्यक्ष दिपक कट्टेलले बताए । स्थापनाको पहिलो दिनमा कोषमा १ लाख भन्दा वढी रुपैया जम्मा भएको कोषाध्यक्ष कट्टेलले जानकारी दिए । कोषमा ईच्छुक महानुभावहरुले सहयोग गर्न सक्ने र कोषमा सहयोग गर्नेहरुलाई सहयोग रकमका आधारमा उचित सम्मान समेत गरिने कोषाध्यक्ष कट्टेलले बताए । उनका अनुसार कोषका लागि ५ सय रुपैयाँसम्म सहयोग गर्नेलाई स(धन्यवाद रसिद उपलब्ध गराइनेछ ।
यस्तै ५ सय १ देखि १ हजार रुपैयाँ सहयोग गर्नेलाई प्रमाण पत्र, १ हजार १ देखि ५ हजारसम्म सहयोग गर्नेलाई फ्रेमिङ सहितको प्रमाण पत्र र ५ हजार १ भन्दा माथि सहयोग गर्नेलाई माथिका सबै सहित भित्तेलेखन गरिने निर्णय महासंघले गरेको । महासंघले पत्रकार कल्याण कोषका लागि सहयोग गर्न समेत सबैसँग आग्रह गरेको छ ।

ब्लाष्टकर्मी सम्मानीत

साेही कार्यक्रममा  नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाले साधारण सभाको अवसरमा ब्लाष्ट दैनिकका तेह्रथुम समाचारदातालाई सम्मान गरेको छ । शाखाले जिल्लाको पत्रकारिताको विकाशमा उल्लेख्य योगदान पु¥याएको भन्दै ब्लाष्ट कर्मी कृष्ण विदुखी गौतमलाई तेह्रथुम कृयाशील पत्रकारिता पुरस्कार(२०७४ ले सम्मान गरेको हो । उनलाई न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, पूर्व सांसद तेजमान तुम्वाहाम्फे, पत्रकार महासंघका केन्द्रिय सदस्य उद्धव तिम्सिनाले दोसल्ला र प्रमाण पत्रले सम्मान गरेका थिए । सम्मानित गौतमलाई समाजसेवी राधिका पोखरेल र श्रीमान् डा.सन्जिव सापकोटाले स्थापना गरिदिएको १ लाख रुपैयाँको अक्षयकोषको व्याजबाट नगदसहित सम्मान गरिएकोे शाखाका अध्यक्ष नरेश ढुंगानाले बताए ।
यसै गरि पत्रकार महासंघ तेह्रथुमका संस्थापक अध्यक्ष महेन्द्र काफ्लेलाई म्याङलुङ नगरपालिका(१ बस्ने तेजबहादुर कार्की र उमादेवी कार्कीले स्थापना गरिदिएको ५० हजार रुपैयाँको अक्षयकोषको व्याजबाट सम्मान गरिएको छ । काफ्लेलाई तेह्रथुम पत्रकारिता विकास सम्मान २०७४ ले सम्मान गरिएको हो । यसै गरि तेह्रथुम महिला पत्रकारिता पुरस्कार(२०७४ बाट रेडियो तेह्रथुमका गोमा रसाइलीलाई सम्मान गरिएको छ । उनलाई म्याङलुङ नगरपालिका(४ बस्ने सोम निरौलाले स्थापना गरिदिएको १० हजार रुपैयाँको अक्षयकोषको व्याजबाट सम्मान गरिएको हो । सहयोगी आर्थिक पत्रकारिता पुरस्कार(२०७४ बाट रेडियो मेन्छ्यायेमका विष्णुकुमारी राईलाई पुरस्कृत गरेको छ । म्याङलुङमा रहेको सहयोगी बचत तथा ऋण सहकारीले स्थापना गरिदिएको १० हजार रुपैयाँको अक्षयकोषको व्याजबाट सम्मान गरेको अध्यक्ष ढुङ्गानाले बताए ।