उदयपुर / उदयपुरको चिम्चुङ्बुङमा पिक्नीक खाएर फर्कने क्रममा ट्याक्टर दुर्घटना हुदा दुईको मृत्यु ८ घाईते भएका छन् ।
चिम्चुङ्बुङ गाउँपालिका वडा नं ४ स्थिति मौसाखा डाँडामा पिक्नीक खाएर फर्कने क्रममा ट्याक्टर दुर्घटना हुदा घटना स्थलमै दुई जनाको मृत्यु भएको हो । ।
विहिबार राती १०ः३० बजे दुर्घटना हुदा सडकदेखि करिब दुई सय मिटर तल ट्याक्टर झरेको प्रहरीले जनाएको छ ।
लिचुबु गापाको वडा नं ३ दोबाटेबाट पिक्नीक खाएर र्फकने क्रममा अनियन्त्रीत भई स १ त ७३२३ नम्बरको ट्याक्टर उक्त ठाउँमा दुर्घटना हुदा दुई जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा लिचुबुगापा वडा नं ४ को चालक २२ वर्षीय सुविन राई र २४ वर्षीय पवन राईको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १२ वर्षीय सोनिक राई, १३ वर्षीय पुजा राई, १७ वर्षीय मनिषा राई, १७ वर्षीय सविना राई, २१ वर्षीय बुनु राई, २४ वर्षीय पुनम राई, २७ वर्षीय लविप राई र ३१ वर्षीय विष्णु राई घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घाईतेका जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ । गम्भिर घाईते चार जना भने विराटनगरमा उपचाचर भईरहेको छ । घाईते सोनिका राई, मनिषा राई, बुनु राई र सविना राईको विराटनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।