बालविवाह गरे वृद्ध भत्ता र छात्रवृति रोकिने

alt
  • मंसिर २९, २०७५
  • १६५ पटक पढिएको
  • ब्लाष्ट खबर

राजविराज /  सप्तरीको विष्णुपुर गाउँपालिका(७ वडालाई विहीबार बालविवाहमुक्त घोषणा गरिएको छ ।
गाउँपालिकाको वडा कार्यालयद्वारा आयोजित घोषणा सभामा जिल्लाका विभिन्न ठाउँमा भइरहेको बालविवाहलाई मध्यनजर गर्दै गाउँपालिकाको वडा नं ७ लाई बालविवाहमुक्त घोषणा गरिएको हो । जम्मा ५१० घरधुरी रहेको यस वडामा यस आवको अहिलेको अवधिसम्ममा नौवटा विवाह भएको र त्यसमध्ये एउटा मात्र बालविवाह भएको थियो । घोषणासभामा वडाध्यक्ष विन्देश्वर साहले २० वर्षभन्दा मुनिका महिलाको प्रजनन अङ्ग पूर्णरूपमा विकसित नहुने र यस्तो अवस्थामा विवाह गर्दा जन्मिने बच्चा र आमाको ज्यान जोखिमपूर्ण हुने बताए ।
कानूनले नै २० वर्षभन्दा कम उमेरको विवाहलाई बालविवाह भन्दै रोक लगाएको छ । वडा नं ७ मा बालविवाह गर्नेलाई गाउँपालिकाबाट दिइने सेवा सुविधाबाट वञ्चित गर्ने र उसको घरका सदस्यले पाउने वृद्ध भत्ता र शौक्षिक छात्रवृतिसमेत बन्द गरिने वडाध्यक्ष साहले बताए ।

बेलवारीबाट पेस्तोल स

मोरङ । प्रहरीले आइतबार साँझ २ थान पेस्तोल सहित २ ज

धरानलाई पर्यटन पालिक

 देउराली । प्रदेश सरकाले पूर्वकै पर्यटकीय सहर धरान

सामुहिक बलात्कार गर

ब्लाष्टखबर । असार २ गते खाजा खाएर फर्कदै गरेकी युवतीलाई

पानी पीडाः हुँनेखाने

धरान / यस्ता पनि ठाउँ छन् जहाँ एक गाग्री पानीका ला


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved