कलकत्ता / भारतको कलकत्ताबाट ३३ केजी सुनसहित दुईजना नेपाली पक्राउ परेका छन् । गत २१ गते शुक्रबार कलकत्ता प्रहरीले विशेष सुराकीको आधारमा एउटा कारमा खानतलासी गर्दा उक्त सुन भेटाएको हो ।

पक्राउ पर्नेमा नेपाली नागरिक राकेश प्रसाद र इटहरीका व्यवासायी हेमप्रसाद शर्मा रहेको स्रोतले बताएको छ । उक्त सुन त्रिभुवन विमानस्थलबाट हराएको चर्चित ३३ केजी सुन भएको प्रहरीले दावी गर्दे आएको छ । यस विषयमा नेपाल प्रहरीले भने कुनै जानकारी नभएको बताएको छ ।