विजयपुर धर्मनिरपेक्ष राष्ट्र घोषणा भइसक्दा पनि संवैधिान अधिकार प्रयोग गर्ने नागरिकको अधिकार भएपनि गोरु काटेको अभियोगमा प्रहरीले धरानबाट १० जनालाई प्रक्राउ गरेको भन्दै सांस्कृतिक अधिकार संरक्षण समितिले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

धरान २ गीता मन्दिरमा भएको संघीय समाजवादी फोरमको जिल्ला स्तरीय पार्टी प्रशिक्षणमा प्रशिक्षको रुपमा आउनु भएका यादवलाई समितिका संयोजक सुवाष हुक्का चोङवाङसहितले ध्यानाकर्षणपत्र बुझाएका हुन् । ध्यानाकर्षण बुझाउदै समितिका संयोजक चोङवाङले नेपालको संविधान २०७२ काे नेपाली नागरिकलाई नै सर्वोच्च मानेको छ । संविधानको १ (१) को (१) मा गरिएको व्यवस्था नेपालका संंविधानको मूल कानुन हो । संविधानमा धर्मनिरपेक्ष राज्य घोषण भएकोले गोरु काट्दा पक्राउ गर्नुपर्न कुनै कारण नदेखिएको उनले बताए । 

उनीहरूलाई निःशर्त रिहाईको लागि नेपाल सरकारमार्फत प्रक्रिया अगाडि बढाउन अनुरोध समेत गरेका छन् । ध्यानाकर्षणपत्र बुझिसकेपछि उपप्रधान एवम् स्वाथ्यमन्त्री यादवले यसमा आफ्नो ध्यानाकर्षण भएको बताए ।  मंंसिर २८ गते साझमा धरान १७ विद्या टोलबाट आशिष मन्सुरी, हसमुद्धिन मन्सुरी, बहिश मिया, रिजमान मिया, सहादत मन्सुरी, आशषक खडगी,राजेश खड्गी अनिल शाही, अनिश शाही र राजेन्द्र खड्गीलाई गोरु काट्दै गरेको अवस्थामा धरान प्रहरीले पक्राउ गरेको थियो ।