शीताङ्ग शरीरको तापक्रम सामान्य अर्थात् ३५ डिग्री सेल्सियस (९५ डिग्री फरेनहाइट) भन्दा कम हुन्छ, शीताङ्ग भयो भने बेला हातखुट्टा मात्रै चिसो हुने हैन, सास फेर्नसमेत असजिलो हुन्छ । मुटुको चाल बढ्न थाल्छ, रक्तचाप कम हुन्छ । शरीरको तापक्रम कम भएपछि मृत्युसमेत हुन सक्छ ।

शरीरको तापक्रम सामान्यभन्दा एकदेखि दुई डिग्रीसम्म कम हुने स्थितिमा हातलाई काम गर्न असजिलो हुन्छ, थाकेको अनुभव हुन्छ । यस्तै, दुईदेखि चार डिग्रीसम्म तापक्रम कम हुँदा जीउ काम्न थाल्छ, रक्तनलीहरू खुम्चिन थाल्छन्, प्रभावित व्यक्ति पहेंलो हुँदै जान्छ, उसका ओठ र कान नीलो देखिन थाल्छन् ।

शरीरको तापक्रम ९० डिग्री फरेनहाइटभन्दा कम हुँदा प्रभावित व्यक्तिको जीउ काम्न बन्द हुन्छ, उसलाई सोच्न र बोल्न असजिलो हुन्छ । यस्तै, शरीरको तापक्रम ८६ डिग्री फरेनहाइटभन्दा कम हुँदा बिरामी हिँड्न सक्दैन । शरीरका सबै अंगहरूले काम गर्न छोड्छन् ।

शीताङ्गलाई हल्का, मध्यम, गम्भीर र उच्च गरी चार प्रकारमा बाँडिएको छ ।
हल्का शीताङ्गमा शरीरको तापक्रम ९०र९५ डिग्री फरेनहाइट हुन्छ ।
मध्यम शीताङ्ग हुँदा शरीरको तापक्रम ८२ देखि ९० डिग्री फरेनहाइटसम्म, गम्भीर हुँदा ८२ देखि ६८ डिग्री फरेनहाइटसम्म हुन्छ ।
६८ डिग्री फरेनहाइटभन्दा कम तापक्रमको स्थितिलाई उच्च मानिन्छ । निकै जोखिमपूर्ण हुन्छ ।

शीताङ्गबाट कसरी जोगिने?
थाकेका बेला आराम गरिहाल्ने
घर बाहिर निस्किँदा टाउको, घाँटी र कान छोप्ने
न्याना लुगाहरू पर्याप्त लगाउने
आवश्यक नभए बढी चिसोमा ननिस्कने
न्यानो ठाउँमा बस्ने
(लेखक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बाल विशेषज्ञ हुन् ।)