इटहरी/ निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन प्याब्सन इटहरी नगरसमितीले आइतबार देखी प्याब्सन खेलकुद सप्ताह सुरु गरेको छ । खेल सप्ताहको बिहान एक नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री जीवन घिमिरेले उद्धघाटन गरे ।

प्रतियोगिता उद्धघाटन गर्दै मन्त्री घिमिरेले एक नम्बर प्रदेशलाइ खेलकुदका माध्यमबाट चिनाउन प्रदेश सरकार लागी परेको जानकारी दिनुभयो । खेलकुद सबैका लागी भएको बताउदै उँहाले निजी विद्यालयहरुले आयोजना गर्ने यसप्रकारको खेलकुदका गतिविधिले दक्ष खेलाडी उत्पादनमा ठुलो टेवा पुग्ने बताए ।

नीजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन प्याब्सन अन्तर्गत इटहरी उपमहानगरपालिका भित्र रहेका विद्यालयहरु बिच एसीसी नामबाट बिगत वर्षहरुमा स्पोर्टस मिट हुँदै आएको थियो । यसै वर्षदेखी गठन भएको प्याब्सन इटहरी नगरसमितीले शिक्षा र खेलकुदलाई एक साथ जोडेर यो वर्ष पनि विभिन्न खेलकुदका कार्यक्रमहरु समेटिएको स्पोर्टस मित आयोजना गरिएको आयोजकले जनाएको छ ।

नगरसमिती अध्यक्ष सुवर्ण बहादुर थापाले जानकारी दिए । विद्यार्थी शारीरिक रुपमा स्वास्थ्य नभएसम्म राम्रोसँग पठन-पाठन गर्न नसक्ने भएका कारण पनि विभिन्न प्रतियोगिता उनीहरुको लागी अति आवश्यक भएकाले यसैलाइ मध्यनजर गर्दै यसवर्ष पनि खेल महोत्सवलाइ निरन्तरता दिएको थापाले बताए ।

आइतबार उद्धघाटन भएको महोत्सवमा खेलहरु भने भोली सोमबार देखी मात्र सुरु हुने प्रचार-प्रसार उपसमितीका संयोजक राजेश श्रेष्ठले बताए ।

उद्धघाटन समारोहमा गीत संगितको क्षेत्रमा योगदान गरेको भन्दै गायक सुरेश गन्धर्व र संगीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसीलाइ सम्मान समेत गरियो । प्रतियोगितामा विजयी तथा उत्कृष्ट खेलाडी एवम् विद्यालयलाई आकर्षक पुरस्कार प्रदान गरिने श्रेष्ठले जानकारी दिन’भयो ।