इपिएल : विराटनगरलाई जित्नै पर्ने दबाव

alt
  • पुष २, २०७५
  • १५० पटक पढिएको
  • रासस

काठमाडौँ / एभरेष्ट प्रिमियर लिग (इपिएल) को समूह चरणको अन्तिम खेलमा आज विराटनगर वारियर्स र काठमाडौँ किङ्ग्स–११ खेल्दैछन् । कीर्तिपुरस्थित त्रिवी मैदानामा हुने उक्त खेलमा प्ले अफमा स्थान बनाउन विराटनगर जित्नैपर्ने दबाबमा छ । 

काठमाडौँले पहिलो खेलमा चितवनलाई ६ विकेटले जितेको थियो भने दोस्रो खेलमा ललितपुरसँग १० विकेटले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा पोखरालाई पाँच विकेटले तथा चौथो खेलमा भैरहवा ग्ल्याडियटर्सलाई सात विकेटले हराउँदै प्ले अफमा स्थान बनाएको थियो । 

विराटनगरले पहिलो खेलमा ललितपुरलाई तीन विकेटले दोस्रो खेलमा पोखरा राइनोजलाई सुपर ओभरमा हराएको थियो । तेस्रो खेलमा भैरहवासँग चार विकेट र चितवनसँग पाँच रनको झिनो अन्तरले पराजित भएको विराटनगरलाई अघिल्लो चरणको यात्रा कठिन भएको छ । ललितपुर, काठमाडौँ र भैरहवा यसअघि नै प्ले अफमा पुगिसकेका छन् । 

प्रदेश १ को बजेट ४२

विराटनगर /  १ नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७

उर्लाबारी सरकारले 'ज

उर्लाबारी / उर्लाबारी नगरपालिकाले धिमाल जातिहरुको

हात्तिसार क्याम्पसको

धरान / धरानको पर्यटकीय क्षेत्र विजयपुरस्थित केन्द्


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved