नयाँदिल्ली । भारत भ्रमणमा रहनुभएका माल्दीभ्सका नवनिर्वाचित राष्ट्रपति इब्राहिम मोहमद सोलिहलाई राष्ट्रपति भवन नयाँदिल्लीमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले स्वागत गरेका छन् । 

राष्ट्रपति सोलिह तीन दिने भारत भ्रमणका लागि आइतबार अपराह्न भारत आइपुगेका छन्। 

राष्ट्रपति भवनमा आयोजित स्वागत समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए। 

माल्दीभ्सका राष्ट्रपतिले भारतीय प्रधानमन्त्री मोदीसँग हैदराबाद हाउसमा द्वीपक्षीय छलफल गर्नुहुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । उक्त छलफल पश्चात दुई देशबीच विभिन्न सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।