धरान / संघीय समाजवादी फोरमको प्रदेश स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रममा आईतबार धरान आएका उपप्रधान एंव जनसंख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बीपी प्रतिष्ठानको समस्या अव सिनेट बैठकबाट समाधान हुने बताए ।
‘दुई पदाधिकारीहरुको द्वन्द्वले बीपी जर्जर भएको सुन्दै छु । छानविन गर्ने काम सकिएको छ । अव सिनेटमा छलफल हुन् अनि निकास निस्कन्छ ।’– मन्त्रि यादवले भने । तर सिनेटको मिति भने बताएनन । उपकुलपति डास राजकुमार रौनियारलाई दुई पटक सिनेट बोलाउन लगाउदासमेत नबोलाएको बताउदै अव कुलपति ज्युले नै सिनेट बोलाएर यहाँ भएको समस्याको किनारा लगाउने तयारी भईरहेको उनले बताए ।
प्राध्यापक र कर्मचारीहरुको गुनासो
बीपी प्रतिष्ठानमा रजिष्टार तुलबहादुर श्रेष्ठ र उपकुलपति प्राडा रौनियारविचको द्वन्द्वले काम गर्ने वातावरण नै नभएको मन्त्रि यादवसँग केही शिक्षक र कर्मचारीहरुले गुनासो पनि राखेका थिए । रजिष्टार पक्षका र रौनियार पक्षका दुवैले भेटेर दुवैको बचाउ गरेर विफ्ङि गरेको बताइएको छ ।

आन्तरिक द्वन्द्वले  प्रतिष्ठानअस्तव्यस्त

आन्तरिक द्वन्द्वले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअस्तव्यस्त बनेको छ । स्वास्थ्य मन्त्रिको संयोजकत्वमा बनेको छानविन समितिको प्रतिवेदनबारे छलफल गर्न २ पटक सिनेट बैठक बोलाउन स्वास्थ्यमन्त्रीले पत्राचार गरेपनि सञ्चालक परिषद(सिनेट) बैठक बस्न सकेको छैन । मंसिर ५ गते र १६ गतेलाई समय तोकिए पनि प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारले आन्तरिक समस्याका कारण सिनेट बैठक डाक्न नसकेको बताउदै आएका छन् ।
प्राड रौनियारले सहकुलपति एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव संयोजक रहेको छानबिन समितिमा आफ्नै विरोध गरिरहेका पदाधिकारीद्धय रजिस्टार तुलबहादुर श्रेष्ठ र रेक्टर गुरुप्रसाद खनालाई सदस्य राखिएको कारण उपकुलपति रौनियार सिनेट बैठक नबोलाएको श्रोतले बताएको छ । तत्कालिक उपकुलपति प्राडा विपी दासको समयमा भएका अनियमिततामा आफुलाई फसाउन खोजिएको रौनियारले आरोप लगाउदै आएका छन् ।

तीन छानविन समिति गठनः नतिजा शुन्य 
 एक बर्षयता प्रतिष्ठानमा तीन वटा छानबिन समिति गठन भइसकेको छ । निरन्तर छानबिन चलेपनि तर ठोस निर्णय र निकास नहुदा प्रतिष्ठानको अवस्था भने दिनप्रतिदिन दयनिय बन्दै गइरहेको यहाँ कार्यरत चिकित्सक तथा प्राध्यापकहरु बताउछन् ।
दिपक बोहोरा स्वास्थ्यमन्त्री हुदा बसेको ४० औं सिनेट बैठकले तत्कालीन स्वास्थ्य सचिव किरण रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।
गत साउनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन भएको थियो । समितिले प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसकेको छ । प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले पुनः सहकुलपतिको अध्यक्षतामा ३ सदस्यीय छानबिन समिति गठन गरेका थिए ।
छानबिनको टुंगो नलागेको कारण अहिले प्रतिष्ठानको सबैजसो कामकार्वाहीहरु ठप्प छ । प्रतिष्ठानको पुर्वाधार विकास, अस्पताल सेवा विस्तार, शैक्षिक कार्यक्रम, दैनिक कामकार्वाहीहरु सबै नै प्रभावित भएका छन् ।  

काङग्रेस कमजोर बन्यो, प्रतिपक्षको भूमिका नेकपा कै नेताहरुले निर्वाह गरिरहेका छन्
उपप्रधान एंव जनसंख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले धरानमा आएर नेपाली कांग्रेसले प्रतिपक्षको भुमिका निर्वाह गर्न नसकेको बताएका छन् । ब्लाष्ट खवरसँग कुराकानी गर्दै उनल ेभने‘ नेपाली काङ्ग्रेसले खै आफ्नो भूमिका निर्वाह गर्न सकेका छ र ?  काङ्ग्रेस बलियो प्रतिपक्ष बन्न सकेको छैन् ।’ 
उनले नेकपाका केही नेताहरुलाई व्यङ्य गर्दै भने ‘प्रतिपक्षको भूमिका त सता पक्षकै नेताहरुले निर्वाह गरिरहनु भएको छ । काङ्ग्रेसले भूमिका निर्वाह गर्न सकेन भनेर उहाँहरुले काम गरिरहनु भएको छ ।’
संघीय समाजबादी फोरमका अध्यक्षसमेत रहेका मन्त्रि यादवले बलियो प्रतिपक्ष यो सरकारले नपाएको बताए ।