वराहक्षेत्र/ बोनम्यारो रोगले पिडित १३ वर्षीय छोरा प्रेमबहादुरकाे जिवन रक्षा गरिदिन हुन बुबा अमरबहादुर विश्वकर्माले याचना गरेका छन् ।

विगत दुई महिना देखि बोनम्यारो पिडित छोराको  हाल  न्यु बानेश्वर काठमान्डौको सिभिल अस्पतालमा  उपचार भईरहेकाे र उपचारमै भएभरको पैसा सकिएको थप उपचारको लागि अस्पतालले १७ लाख लाग्ने बताइकाले उपचार गर्न नसक्ने अवस्थामा पुगेका कारण बुबा अमर विश्वकर्मालाई उद्यृत गर्दै , बोनम्यारो पिडित प्रेमबहादुर विश्वकर्मा बचाउ अभियान समितिका अध्यक्ष लंकमान विश्वकर्माले सोमबार चतरामा आयोजित पत्रकार सम्मेलनमा बताएका छन् ।

बोनम्यारो पिडित प्रेमबहादुरको जिवन रक्षाको लागि आईतबार लंकमान विश्वकर्माको अध्यक्षतामा ,उपाध्यक्ष केशव दर्नाल,सचिव सन्तोष गुप्ता,कोषाध्यक्ष नन्दी प्रसाद भट्टराई, र सदस्यहरु रन्जित लोहनी, पर्शुराम कार्की ढोली र भिम विश्वकर्मा रहेको ७ सदस्यीय , बोनम्यारो पिडित प्रेमबहादुर विश्वकर्मा बचाउ अभियान समिति गठन गरि सहयोग चन्दा उठाउँने शुरु गरिएको छ ।

 पिडित प्रेमबहादुरलाई आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावले सेन्चरी बैंकको चतरा शाखाको बचत खाता नम्बर १०१०००००५२CA मा सहयोग रकम जम्मा गर्नसकिने बचाउ अभियानका अध्यक्ष लंकमान विश्वकर्माले ले जानकारी दिए ।