बेलबारी/ स्थानीय तहका सरोकारवाला,स्वास्थ्यकर्मीहरुका लागि दिईदै आएको स्वास्थ्य वीमा अभिमुखिकरण सम्बन्धि गोष्ठि आईतवार केराबारीमा सम्पन्न भएको छ ।

सबै नागरीकलाई स्वास्थ्य उपचारमा पहुँच पुर्याउने उदेश्यले नेपाल सरकारले स्वास्थ्य वीमा बोर्ड मार्फत वीमा गराउन र यसबारे सर्वसाधरण सबै नागरीकमा स्वास्थ्य वीमाबारे अविवृद्धि गराउँने उदेश्यले अभिमुखिकरण गोष्ठिको अयोजना गरेको हो ।

अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य वीमा कार्यक्रमको नीतिगत व्यवस्था विशेषता प्रक्रिया सूविधा दर्ता प्रक्रियाबारे चर्चा गरिएको थियो । स्वास्थ्य वीमा कार्यक्रम लागु भए नेपाल सरकारले तोकिएको स्वास्थ्य केन्द्रबाट ५०हजार देखि १ लाखसम्मको उपचार छुट पाउने र यसका लागि एकाघर परिवारका ५ जना सम्म सदस्य भएकालाई २५ सय रुपैया वीमा शुल्क बुझाउनुपर्ने ऐनमा व्यवस्था रहेको छ ।

एक नम्बर प्रदेश अन्र्तगत इलाम,झापा,सुनसरी, भोजपुर खोटाङ मा स्वास्थ्य वीमा कार्यक्रम लागु भइसकेको र मोरङमा पनि चाडै नै लागु गर्ने तयारी अनुरुप अभिभूखिकरण कार्यक्रम गरिएको हो ।

नेपालमा हालसम्म १४ लाख ८ हजार ८ सय १८ जनाले स्वास्थय वीमा गरीसकेको र वीमा गर्ने र सेवा लिनेमा महिला बढी रहेको कार्यक्रम सहजकर्ता खेम अधिकारीले बताए । कार्यक्रममा स्वास्थ्यकर्मी, राजनीतिक कर्मी गाउपालिकाका प्रतिनीधि , संञ्चारकर्मी लगायत विभिन्न संघ-संस्थाका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।