उदयपुर/स्थानीय उत्पादन कोदोको पिठो प्रथम मैनामैनी महोत्सवको आकर्षणको केन्द्र बनेको छ ।

प्रथम मैनामैनी महोत्सवको विशेष आकर्षणको रूपमा स्थानीय उत्पादित कोदोको पिठो मुख्य विन्दु बनेको हो । ‘पर्यटनको सम्भावना, पर्यटनमा सहभागिता र पर्यटनले समृद्धि’ भन्ने मूल नाराका साथ बेलका नगरपालिका–७ र नगरपालिकाको आयोजनामा ७ दिने प्रथम मैनामैनी महोत्सवको चलिरहेको छ ।

महोत्सवले बेलकामा भएका विभिन्न एतिहासिक महŒव बोकेको धार्मिक तथा एतिहासिक स्थलहरूको प्रर्वद्धन तथा संवद्र्धन गर्ने महोत्सवका संयोजक एवम् वडाध्यक्ष सुरेन्द्र राईले बताए । महोत्सवमा कोदोको पिठोले मुख्य स्थान पाएको छ भने स्थानीय खोला खोल्सीमा हुने सिस्नु, पोखो बारीमा फल्ने बोडी, सुन्तलालगायतका विभिन्न खाद्य वस्तुको पनि अवलोकन गर्न सकिन्छ ।

लाभदाय कोदो नव युवायुवतीले चिन्न सकि राखेको छैन । स्वास्थ्यवद्र्धक कोदोको परिकारलाई संरक्षण तथा प्रवद्र्धन गर्नुपर्ने अति जरुरी छ । यसको प्रवद्र्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको लागि अन्यभन्दा स्थानीयस्तरमा उत्पादन भएको मौलिक परिकारको स्वादन चखाउन सकिने राईले बताए ।