काठमाडौं / निर्मला हत्या प्रकरणको प्रारम्भिक चरणको अनुसन्धानमा खटिएका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, प्रहरी निरीक्षक जगदिश भट्टसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी( डीएसपी अंगुर जिसी लगायतविरुद्ध जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा निर्मलाकी आमाले किटानी जाहेरी दिएकीछन् ।  मंगलबार दिउँसो निर्मला पन्तकी आमा दुर्गादेवीले सार्वजनिक न्यायबिरुद्धको कसुरअन्तर्गत जोहरी दिएको बताइएको छ ।

जोहरी थदएको पुष्टी कञ्चनपुर प्रहरीका डिएसपी कृष्णराज ओझाले गरेका छन् । जाहेरीबारे छलफल भईरहेको उनल ेजानकारी दिएका छन् । प्रारम्भिक चरणमा अनुसन्धान अधिकारीहरुले गरेको लापरबाहीका कारण निर्मलाको हत्यारा पत्ता लाग्न नसकेको उजुरीमा उल्लेख गरिएको छ ।
जाहेरी अनुसार एसपी विष्टलाई प्रहरीले पक्राउ गर्नु पर्ने हुन्छ । विष्ट र भट्टलाई यस अघि नै प्रहरी हेडक्याटरले निलम्वन गरि सकेको छ । प्रमाण नष्ट भएकै कारण पीडितले न्याय नपाएको निष्कर्षमा पुगेर अनुसन्धान अधिकारी विरुद्ध जाहेरी परेको हो ।