इनरुवा / सुनसरीको कोशी गाउँपालिका २ मा सोमवार राती अर्नाको आक्रमणबाट एक युवा सक्त घाईते भएका छन् । घर बाहिर बसिरहेका अवस्थामा २३ बर्षीय धर्मेन्द्र उरावलाई अर्नाले आक्रमण गरेको स्थानीयले बताएका छन् ।
घाइते अवस्थाका उरावलाई जिल्ला अस्पताल इनरुवामा प्राथमिक उपचार पछि विराटनगरस्थित गोल्डेन हस्पिटल लगिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
उक्त क्षेत्रमा कोशी टप्पुबाट आएका जैगली जनावरहरु अर्ना, हात्तीलगायतले मानिसलाई आक्रमण गर्ने गरेको छ । मानवबस्ती पसेर उनीहरुले गाउामा विध्वंस मच्चाउने गरेको स्थानीयले बताएका छन् ।