धरान /  धरान १५ स्थित केके इन्टरनेसनल स्कुलले आप्mनो तेस्रो वार्षिक उत्सव स्पेक्ट्र र्थी जी वषको अवसरमा भव्य कार्यक्रम गरि मनाएको छ ।
सोमवार भएको कार्यक्रममा विद्यालयले विभिन्न विधामा उत्कृष्ट विद्यार्थी र शिक्षक शिक्षिकाहरुलाई पुरस्कृत समेत गरेको छ । विद्यालयका प्ले गु्रप देखि कक्षा दश सम्मका प्रथम, द्धितिय र तृतिय स्थान ल्याउने विद्यार्थीहरुलाई ट्रफि प्रदान गरिएको थियो । खेलकुद, नृत्य, ड्रामा, वक्तित्वकलालगायत अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान सहित ट्रफि प्रदान गरेको छ । kk

त्यस्तै गरि व्रिटिस काउन्सिलद्धारा प्रदान गरिने इन्टरनेशनल स्कुल अवार्ड २०१७ – २०२० विजेता वन्न सफल वनाउन विशेष योगदान पु¥याउने शिक्षक शिक्षिकालाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।kk4उत्कृष्ट काम गर्ने विद्यार्थी, शिक्षक शिक्षिकाहरुको प्रोत्साहन तथा हौसला वढाउनको लागि सम्मान गरिएको विद्यालयका प्रवन्ध निर्देशक गिरिधारी सापकोटाले जानकारी दिए । विद्यालयको उत्सव मनाउने क्रममा विद्यालयका छात्र छात्रा विभिन्न जातिय भेषभुषामा आफ्नो कला प्रस्तुत गरेका थिए । विभिन्न तरकारी र फलफुलको आकृती विद्यार्थीहरुले आफ्नो प्रस्तुतीले उपस्थिति अभिभावकहरुलाई आकृषित बनाएको थियो ।

kk5

दुवइ अवार्ड केके लाई

केके स्कुलले वेस्ट डे वोर्डिङ्ग स्कुल, दुवइद्वारा यही डिसेम्वर २३ मा प्रदान गरिने वेस्ट डे वोर्डिङ्ग स्कुल अवार्डका लागि आफ्नो स्कुल छनौट भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल भिक्टर जोसेफले जानकारी दिएका थिए । ४० वटा देशका ६ हजार विद्यालय मध्येवाट केके स्कुल छनौटमा परेको हो । विद्यालयको वार्षिक गतिविधी र उपलव्धिको आधारमा अवार्ड विजेता भएको विद्यालयका संचालक अध्यक्ष प्रविण अग्रवालले जानकारी गराए ।
kk1अवार्ड थाप्नको लागि विद्यालयका अध्यक्ष प्रविण अग्रवाल र विद्यालयका प्रिन्सिपल भिक्टर जोसेफ दुवइ जान भएका छन् । धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारीको प्रमुख आतिथिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुका अभिभावकाहरुको बाक्लो उपस्थिति रहेको थियो । 

तस्विरःः विकास चाम्लिङ राई