धरान / गोरु काटेको आरोपमा पक्राउ गरेकाहरु सुनसरी जिल्ला अदालतको आदेशबाट धरौटी राखेर तारेखमा रिहा भएपछि बुधबार धरानमा भव्य स्वागत तथा सम्मान गरिएको छ । सांस्कृतिक अधिकार संरक्षण समितिले धरान ११ स्थित मंगलबारे चोकमा एक कार्यक्रम गरी धरौटी बुझाएर रिहा भएका १० जनालाई सम्मान गरेको थियो । मंसिर २८ गते पक्राउ परेकाहरुलाई मंगलबार जिल्ला अदालतले जनही ५० हजार धरौटी राखेर तारेखमा रिहा गर्न आदेश दिएको थियो । सम्मान कार्यक्रममा आदिवासी जनजाति सम्बद्ध विभिन्न संस्था तथा राजनीतिक दलका नेताहरुको पनि उपस्थिति रहेको थियो ।

उनीहरुलाई फुलमाला र अविर लगाएर सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा सांस्कृतिक अधिकारका अभियन्ता जनकऋषि राई, मंगोल नेशनल अर्गनाइजेशनका नेता अडिल खम्बू, समितिका अध्यक्ष सुवास हुक्पा चोङबाङलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बक्ताहरुले संस्कृतिमाथि प्रहार गर्न नहुने बताएका थिए । संविधान र ऐनमा बाँझिएका कानुन सच्चाउन समेत माग गरिएको थियो ।

याे पनि

-गाेरू काट्ने १० जना पक्राउ