धनकुटा । नेपाल पत्रकार महासंघको पाँचौं केन्द्रिय बैठक शुक्रवार धनकुटाको ल्याण्डफिल्ड साईडमा बसेको छ ।
दुई दिनसम्म आयोजना भएको पाँचौं बैठकमा हालै विराटनगरमा सम्पन्न राष्टिूय सम्मेलनको निर्णयहरु कार्यान्वयन सम्वन्धमा, विधान संशोधन गर्न मस्यौदा समिति गठन सम्वन्धमा छलफल हुने अध्यक्ष गोविन्द आचार्यले बताए । साथै सो वैठकले आगामी केन्द्रिय साधारणसभाको मिति तोक्ने निर्णय गर्ने, बैठकमा महासंघको संगठनात्मक, आर्थिक प्रतिवेदन समेत प्रश्तुत् हुने र स्थानिय विशेषतालाई समेटेर धनकुटा घोषणापत्र जारी गर्ने अध्यक्ष अचार्यले वताएका छन् ।

वैठकमा महासंघका पदाधिकारी, सदस्यहरु, एशोसिएट संस्थाका प्रमुखहरु, प्रदेश प्रमुखहरु सहित ५४ जना भन्दा बढी सहभागी भए ।
बैठक शुरु हुन भन्दा पहिले पत्रकार महासंघ धनकुटा शाखाको आयोजना र धनकुटा नगरपालिकाको संयोजनमा महासंघका केन्द्रिय समितिका पदाधिकारी एवं सदस्यलाई स्वागत तथा सम्मान गरिएको थियो । स्वागत तथा सम्मान कार्यक्रममा प्रदेश सांसद निरेन राईको प्रमुख आतिथ्यता थियो ।

सो अवसरमा प्रदेश सांसद् इन्द्रमणी पराजुली, धनकुटा नगरपालिकाका उप९प्रमुख शकुन्तला बस्नेत, पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष दिलिप मगर, पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ लगायतले सम्वोधन गरेका थिए । उनीहरुले स्वच्छ वातावरण र स्वास्थ्य जीवन जीउनको लागि धनकुटा नगरपालिकाले निर्माण गरेको ल्याण्डफिल्ड साइडले पुर्याएको योगदानको बारेमा स्थलगत रुपमा बुझेर प्रचारप्रसार गरी दिन देशभरका पत्रकारहरुलाई आग्रह गरेका थिए ।

सो अवसरमा धनकुटा नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले ल्याण्डसाइडको अवस्थाको बारेमा सहभागी पत्रकारलाई जानकारी गराएका थिए । सो अवसरमा उनले ल्याण्डफिल्ड साइड निर्माण हाल हालसम्म ४ करोड लगानी भइसकेको बताए ।

ल्याण्डफिल्डमा दैनिक ११ टन फोहोर संकलन हुने, वार्षिक रुपमा ६० लाख खर्च हुने, खर्च कटाएर नगरपालिकालाई २५ लाख बराबरको आम्दानी हुने जानकारी गराए । शाखा प्रमुख खनालले दैनिक १२ देखि १५ जनाले रोजगारी पाइरहेको समेत जानकारी दिए ।

सो अवसरमा पत्रकार महासंघ धनकुटा शाखाले लङ्गगेष्ट डान्स म्याराथुनमा विश्व किर्तिमान राख्न सफल धनकुटा जीतपुरकी बन्दना नेपाललाई दोसल्ला, खादा र प्रमाणपत्रले सम्मान गरेको छ । सम्मानित नेपाललाई सम्मान कार्यक्रमका प्रमुख अतिथि निरेन राई, विशेष अतिथि इन्द्रमणी पराजुली, धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेतले सम्मान गरेका थिए ।

नेपालले दक्षिण भारत केरलाका कलम मण्डल हिमलताको १ सय २३ घण्टा लामो विश्व रेकर्डलाई तोड्दै वन्दनाले १ सय २६ घण्टाको विश्व किर्तिमान कायम गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएकी थिइन् ।
धनकुटा नगरपालिका वडा नं.६ मा रहेको ल्याण्डफिल्ड साइडमा नेपाल पत्रकार महासंघको केन्द्रिय बैठक बस्दै । 

2 1