एन्फा निर्वाचनमा अनियमितता

alt
  • पुष ११, २०७५
  • ७४ पटक पढिएको
  • रासस

काठमाडौँ /  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचन भएको एक वर्ष बित्न लाग्दा चारवटा जिल्ला फुटबल सङ्घले निर्वाचनका बेला भ्रष्टाचार र आर्थिक अनियमितता भएको आरोप लगाएका छन् । 

आज पत्रकार सम्मेलन गर्दै भक्तपुर, काठमाडौँ, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घले एन्फा निर्वाचनका बेला अनियमितता भएको र आर्थिक लेनदेनका अडियो टेप सार्वजनिक गरेका हुन् । अडियो टेपमा एन्फाका मानार्थ अध्यक्ष टासी घले लगायतका पदाधिकारीले चुनावको परिणाम आफ्नो पक्षमा पार्न गरेको कुराकानी समावेश छ । पत्रकार सम्मेलनमा काठमाडौँ अध्यक्ष विराटजङ्ग शाही, भक्तपुरका गौतम सुखजु, ललितपुरका पुरुषोत्तम थापा र धादिङका दीपक खतिवडाले अनियमितताको अडियो टेप आफूहरुसँग सुरक्षित रहेको र उक्त अडियो फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी)लाई उपलब्ध गराउने बताए । 

एन्फाको नयाँ कार्यसमितिको निर्वाचन गत वैशाखमा सम्पन्न भएको थियो । सो निर्वाचनबाट कर्मा छिरिङ शेर्पा अध्यक्ष चुनिएका थिए । सो निर्वाचनमा व्यापक आर्थिक अनियमितता भएको दाबी गर्दै यसअघि एन्फाका पूर्ववरिष्ठ उपाध्यक्ष मणि कुँवरले पत्रकार सम्मेलनको आयोजना गरेका थिए । 

यसैबीच एन्फा प्रवक्ता किरण राईले चारवटा जिल्ला फुटबल सङ्घले लगाएको आरोपमा कुनै तुक नभएको बताए । “आफ्नो काम छोडेर आफू मातहतको नेतृत्वलाई उहाँहरुले जुन आरोप लगाउनुभएको छ, त्यो गम्भीर छ, आरोपको हामी भत्र्सना गछौँ”, उनले भने । मतदातालाई पैसा बाढ्यो भनेर मतदाताको घोर अपमान गरेको बताउँदै उनले आरोप प्रमाणित गरेर देखाउन चुनौती दिए । उनले भने, “आरोप लगाएर मात्र हुँदैन, प्रमाणित गर्नुपर्छ, आरोप प्रमाणित गर्न सक्नुभएन भने उहाँहरुमाथि कारवाही गर्छौं ।” 

डा.केशीलाई भेन्टिलेट

धरान / एक सातादेखि आमरण अनसन बसिरहेका डा.गोविन्द क

कालिका कन्ट्रक्सनका

काठमाडौं / पूर्व वनमन्त्री तथा कालिका कन्ट्रक्सनका

छैठौं युजिए भलिबल कप

धरान / छैठौं युनाइटेड गोर्खा एकेडेमी अन्तर विद्यालय स्त

बिरामीको मृत्युपछि अ

राजविराज / उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि सगरम


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved