गायिका मिलना राई र संगितकार भिम कुलुङसँग मिलन गीति एल्बम् बारे कुराकानी । मिलन गिती एल्बमा ५ वटा गित ओठमा लाली, त्यसै त्यसै, चाहिएको छ, परदेशीले र पहाडको छोरी रहेको छ । याे म्युजिक एल्बम एकता प्रालिले बजारमा ल्याएकाे छ ।

१. मिलना गीतिएल्बम्लाई कसरी प्रस्तुत गर्नुभएको  छ ?
 धेरै अघिबाट यो एल्बमको योजना बनाइएको हो । योजना बनाउदै ल्याउँदा मिलनाले गाउन रुचाउने भएको, पहिले पनि थुप्रै भाषिक गित मिलनाले गाइसकेको भएकोले सोलो एल्बम ल्याउने बिचारमा दशैभन्दा केही अघिमात्रै एल्बम ल्याउन सफल भएका हौँ ।

२. 'ओठमा लाली' बोलको गीत कस्तो प्रकारको गीत हो ?
ओठमा लाली भन्नाले एउटा टिनएजको बैनी वा चेलीलाई सोचेर त्यो उमेरमा जे लगाएपनि राम्रो देखिने कल्पना गरेर बनेको गित हो । छिटो प्रकारको भएकाले पनि प्रमोसनमा राखेका हौ । विशेषगरी वैशमा हेर्दा जसरीपनि राम्री देखिने चेलीलाई सोचेर बनेको गित हो ।

३.तपाँईकाे 'त्यसै-त्यसै” बोलको अर्काे गीत कस्तो प्रकारको गीत हो ?
यो मैले आफैले कोरेको शब्द 'त्यसैत्यसै आँखा जुध्यो परेलिले बल्यो, मन्दमन्द मुस्कानमा मनको कुरा खुल्यो' भन्ने शब्दहरू छन् । यो गीत भावनाको विषयलाई लिएर कोरेको हो । यो गीतलाई आधुनिक माया प्रेमको सुगम गीत भन्न रुचाउछु । एकजनाले अर्कोलाई देख्दा आँखा जुधेपछिका भावनाहरु यो गीतमा रहेको छ ।

४. यसै एल्बममा रहेकाे 'चाहिएको छ', 'परदेशीले' र 'पहाडको छोरी' बोलको गीतबारे जानकारी पाँउ न !
'चाहिएको छ' भन्ने गीत एउटा देशभक्तिको भावना बोकेको गीत हो । “परदेशीले” भन्ने गीतमा परदेश गैसकेपछि भुलिदिने, फर्केर आउँदा पनि सम्पर्क नहुने प्रकारको मायाबादी, विरह, वेदना र बिछोडको भावना बोकेको गीत हो ।'पहाडको छोरी' लोक लयमा रहेको र शब्दहरु सधैभरी टिक्ने प्रकारको गीत हो ।

५. गित गाउने प्रेरणा तपाँई कसरी मिल्यो ?                                                                                                                                                                                                                                         पहिले हामी सानो छँदा हाम्रो गाउँमा एउटा क्लब थियो । क्लबबाट विभिन्न कार्यक्रममा जाने गर्दथ्यौ । म कक्षा ३ मा पढ्दै गर्दा हो क्यार एउटा जिल्लास्तरीय कार्यक्रम भएको थियो । हाम्रो खोटाङ जिल्लामा हाम्रो विद्यालयबाट पनि भाग लिने कुरा भयो । सरहरूले हामीलाई बोकेरै लाग्नुभएको थियो । सानै थियौँ धेरै हिड्न सक्दैनथ्यौ । त्यो बेला गीत गाएर दोस्रो स्थान हासिल गर्न सफल भयौँ । त्यो बेला सबैले राम्रो छ । तिमीले गाउनुपर्छ भनेर सरहरु र साथीहरुले पनि भन्ने गर्न थाल्नुभयो । त्यसैले राम्रो होला कि भन्ने पनि भयो । यसरी नै गीत गाउन सुरु भएको हो ।

६. गित लेख्नका लागि कसरी समय मिलाउनुहुन्छ ?
भिम कुलुङ - सिर्जना भनेको कस्तो हुँदोरहेछ भने त्यसलाई साइत जुराएर टेबलमा राखेर, सजाएर योबेला लेख्छु भन्दा त्यो समयमा नहुँदोरहेछ । त्यो कतिबेला आउँछ, कतिबेला फुरीन्छ थाहै हुँदैन । जतिबेलापनि जहाँ पनि त्यो भावनामा आउदोरहेछ ।म संगीतको बिज्ञ मान्छे भने होइन । म एउटा संगीतको विद्यार्थी हो । मैले सुर र ताललाई बुझ्ने भएकोले गीतलाई लय हाल्दा हुँदोरहेछ भने अन्य गीतहरूबाट प्रेरणा पाएकोले यो सांगीतिक क्षेत्रलाई अघि बढाउँदै गएको हो ।

७. तपाईको सांगीतिक जीवनमा मिलन गीति एल्बमले कस्तो महत्व राख्ला ?                                                                                                                                                                                           भिम कुलुङ - यो एल्बम एउटा संगीतको एकमुष्ट किताब हामीले निकालेका छौ । पाँचवटा गीतको यो एल्बमले जे जस्तो भएपनि यसमा आफ्नो जीवनकालको एउटा इट्टा थप्ने काम भएको छ । यो एउटा आफ्नो जीवनको अध्याय भएकोले निकै महत्व रहेको छ ।किनभने यो संगीतले नै हामीलाई चिनाएको छ । यसले नै हाम्रो मान मर्यादा पनि राखिदिएको छ । यसकै माध्यमबाट हामीलाई चिन्नुभएको छ । मिलना लाई पनि केही हदसम्म सबैले चिनेको कारणले यसको निकै महत्व रहेको छ ।

९.एकअर्कालार्इ कतिको प्रेरणा र सहयोग गर्नुहुन्छ ?
दुबै जना एउटै क्षेत्रमा छाैँ, सँगैकाम गरिरहेकाे छाैँ एक प्रकारकाे याे पनि त प्रेरणा र सहयाेग नै हाेनि हाेइन र ?

१०. अन्त्यमा के भन्न चाहनुहुन्छ ?
 सम्पूर्ण श्रोताहरुलाई हाम्रो सिर्जना सुनेर माया गरिदिनुहोला, आगामी सांगीतिक यात्रा फराकिलो बनाउनका लागि हामीलाई सुझाव सल्लाह दिनुहोला भन्न चाहन्छु । हाम्रो सांगीतिक यात्रा अघि बढाउन लागि तपाईहरुकै हात छ । सम्पूर्णले हामिलाइ सहयोग गरिदिनु होला भन्न चाहन्छु ।