पथरीशनिश्चरे / तेस्रो मुलुक पुनर्वासका क्रममा अमेरिकालगायतका देशमा वसोवास गर्दै आएका भूटानी सर्जकहरुले अमेरिकामा नेपाली सृजनाको क्षेत्रमा सक्रिय १ सय १५ जनालाई अवार्ड प्रदान गरेका छन् ।

ग्लोबल नेपाली फिल्मको सहकार्यमा लभ एन्ड सर्पोट फाउण्डेसनले अमेरिकाको नर्थ क्यारोलानामा विशेष समारोहवीच ‘ग्लोबल नेपाली चलचित्र, सङ्गीत, सञ्चार तथा सामाजिक अवार्ड–२०१८’ प्रदान गरेको हो । नेपाल अमेरिका लगायतका विभिन्न देशका नेपालीहरुको उपस्थिती रहेको कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुनकुमार कार्की र विशेष अतिथिहरूमा महावाणिज्यदुत प्रेमराजा महत, महावाणिज्यदुत ऋषि ढकाल सहितले अवार्ड प्रदान गर्दै नेपाली सृजना र सर्जकप्रति गौरव गरे । अतिथिहरुको स्वागत र सम्मानमा नेपाली बाजागाजा सहित पञ्चकन्या उतारेर नेपालीपनको झलक दिलाइएको त्यहाँबाट सञ्चारकर्मी अर्जुन प्रधानले ब्लाष्ट खवरलाई जानकारी गराएका छन् । पानसमा वत्ती बालेर कार्यक्रम उद्घाटन् गरी नेपालीपनको अर्काे स्वरुप प्रस्तुत गरियो ।

अमेरिकामा सर्जकहरु सवैका अगुवाको भूमिका निर्वाह गर्दै आएका लोक गायक प्रेमराजा महतले गीत गाएर शुभकामना दिए भने अर्का लोक तथा दोहोरी गायक भगवान् भण्डारीले भावनात्मक गीत गाएर सबैलाई नेपाल नै पुगेको अनुभूत गराए । उनले गीत गाउँदा कयौँका आँखाहरू रसाएका थिए । खनालले आयोजक संस्थाका दुवै हस्तीहरू मनोज राई र शिव विष्टलाई मञ्चमै बोलाएर सम्मान गरे । अन्तर्रा्ष्ट्रिय कलाकार मञ्चका अध्यक्ष समेत रहेका खनालले नेपाली र भूटानी सबै कलाकारहरूलाई हलमा एकै पटक उठाएर अभिनन्दन समेत गरेका थिए ।
कार्यक्रममा, वरिष्ठ चलचित्र निर्देशक बन्नी प्रधान, वरिष्ठ सङ्गीतकार बुद्धवीर लामा, महावाणिज्यदुत तथा वरिष्ठ लोक गायक प्रेमराजा महत, सञ्चार तर्फ वरिष्ठ सञ्चारकर्मी तथा चलचित्र निर्देशक दिनेश डीसी, भूटानी नेपाली समाजिक अभियन्ता डिल्ली अधिकारीलाई लाइफ टाइम एचिभमेन्टद्धारा सम्मान प्रदान गरिएको छ । वरिष्ठ लोक गायक तथा सञ्चारकर्मी रामप्रसाद खनाल, चलचित्र पत्रकार भरत शाक्य, निर्देशक नारायण पुरी, महाबाणिज्यदुत तथा व्यवसायी ऋृषिप्रसाद ढकाल, साहित्यकार ज्ञानेन्द्र गदाल, मदन पुरस्कार विजेता निलम कार्की निहारिका, भूटानी नेपाली सामाजिक अभियेता डा.नरेश लावती सहितलाई अवार्ड सहित कदर पत्रद्धारा विशेष सम्मान गरिएको छ ।

३ पटक गिनिज बुक अफ वल्ड् रेकर्डस् विजेता साथै गोल्ड मेडल प्राप्त गर्न सफल मार्सल आर्ट खेलाडी उज्वलकुमार ठकुरीका साथै वसन्त खड्का, माधव ढकाल, अमिर अली, प्रदीप ढकाल, एटोर्नी वासु फुलारा, धु्रव वन्त, अनु वन्तलाई “सोसिएल हिरो” अवार्ड प्रदान भएको छ । साहित्यतर्फ तीर्थराज पाण्डे, डा. सपना अधिकारी, विकास गुप्ता, द्रोपदा प्रधान, टिका आचार्य, जय सुवेदी, भानु फुयाँल, कर्ण गुरुङ, राजन गिरी, तिलक पकुवाल, हस्त प्रधान, भूपति प्रधान, घाँसी नेपाल, अश्वी मिजार, लीलानिशा लिम्बु, मेघनाबल्लभ जोशी सम्मानित भए ।

सञ्चार तर्फ, उत्कृष्ट सामुदायिक अनलाइन पत्रिका इ नेप्लिज डटकम, उत्कृष्ट वृत्त चित्र निर्देशक किरण मरहट्टा, उत्कृष्ट छापा पत्रकारिता संवाददाता होमप्रसाद लम्साल, उत्कृष्ट टेलिभिजन उद्घोषक सरोज के.सी., उत्कृष्ट टेलिभिजन उद्घोषिका अनिता सिलवाल, वर्षको सर्वोकृष्ट टेलिभिजन कार्यक्रम नेपाल आइडल, उत्कृष्ट टेलिभिजन अन्तर्वार्ताकार सूर्य थापालाई पुरस्कृत गरियो । अन्य पुरस्कृतमा उत्कृष्ट रेडियो कार्यक्रम प्रस्तोता, रेडियो कान्तिपुरकर्मी महेश लिम्बु, दशकको उत्कृष्ट रेडियो प्रस्तोता जय प्रकाश रिजाल, दशकको उत्कृष्ट अनलाइन डीसी नेपाल छन् ।

उत्कृष्ट चलचित्रमा ‘लिलीविली’, उत्कृष्ट नायकका ‘लिलीविली’का प्रदीप खड्का, उत्कृष्ट नायिकामा ‘कान्छी’की श्वेता खड्का, उत्कृष्ट नव नायिकामा ‘दर्पणछायाँ’का सहारा कार्की, उत्कृष्ट निर्देशकमा ‘भैरे’का सूर्य बोहरा, उत्कृष्ट सङ्गीतकारमा एलिश कार्की, उत्कृष्ट गीतकारमा “दुई चुल्ठी बाट्नेलाई”बाट हरि उप्रेती, उत्कृष्ट गायकमा “सनम माया लाको’ बाट एम बराल, उत्कृष्ट गायिकामा “कुटुमा कुटु’बाट

मेलिना राई पनि गरी पुरस्कृत भए । हाँस्यकलाकार, भूटानी साहित्यकार, गीतकार, भूटानी नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मी, समाजसेवी सहितलाई अवार्ड प्रदान गरिएको थियो ।

नेपाली र भूटानी मिलेर गरिएको कार्यक्रम ६ घण्टा लामो समयसम्म उर्जामयरुपमा सञ्चालन भएको थियो । कार्यक्रमलाई सर्जकहरु सरोज केसी, रुषा केसी, ऋचा घिमिरे, विष्णु सुनुवार, भोला ढुङ्गाना, प्रीजित राणा, देव शर्मा, अर्जुन प्रधानले सञ्चालन गरी रोचक एवम् मनोरञ्जनात्मक बनाएका थिए । सो अवसरमा राजु लामा, रुद्र शेखर शर्मा, एन के ब्रदर्स, ढकाल ब्रदर्स, किरण गजमेर, विनोद गुरुङ, सुचिता गुरुङ लगायतले गाएका थिए । भूटानी गायक कर्ण वीरको “तिम्रो मायामा ” नामक एलबमको विमोचन पहिलो भूटानी गायक प्रताप सुब्बा, सङ्गीतकार अम्बर तुम्बहाम्फे र एलबमका सङ्गीतकार येदिन गजमेरले संयुक्त रूपमा गरेका थिए ।