सिरहा/ सिरहाको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालको उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रि मान्निय उपेन्द्र यादव द्धारा निरिक्षण अनुगमन गर्नु भएकोछ । अस्पताल पुग्नुभएका उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रि मान्निय उपेन्द्र यादवले अस्पतालको निरीक्षण पश्चात अस्पताल व्यवस्थापनलाई निर्देशन दिनुहुँदै अस्पताललाई सुबिधासम्पन्न सेकेन्ड्रि तहको अस्पताल बनाउने घोषणा गर्नुभयो ।

अस्पतालमा कमी रहेको विशेषज्ञ चिकित्सक, दक्ष जनशक्ति र भौतिक उपकरण छिटै पठाउने आश्वास दिनुहुँदै अब शैयाको आधारमा नभई तहकोे आधारमा अस्पताललाई वर्गिकरण गरिने जानकारी दिए । अब अस्पतालहरु प्राईमरी, सेकेन्ड्रि र ट्राेसियल गरि तीन तहको मात्र वर्गिकरण गरि सोही अनुसारको अस्पतालहरुको बिस्तार गरिने उनको कथन थियो ।

अस्पतालमा देखिएका कमिकमजोरीलाई तत्काल सुधार गरि जनतालाई भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न उनले अस्पताल प्रशासनलाई निर्देशन समेत दिए । अस्पताल निरीक्षणको क्रममा अस्पतालका मेसु डा. सुनिलकुमार कुशवाहाले अस्पतालको अवस्था र जनशक्तिबारे उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रि मान्निय उपेन्द्र यादवलाई जानकारी गराए ।

यस्तै उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रि मान्निय उपेन्द्र यादवले लहान नगरपालिका ३ मा स्थापना हुने बाल अस्पताल जग्गाको समेत स्थलगत निरीक्षण गरिएका थिए ।

त्यसै गरि मिर्चैया नगरपालीका वडा नंं ७ स्थित मिर्चैया उप स्वास्थ्यचौकी उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रि मान्निय उपेन्द्र यादवद्धारा निरिक्षण अनुगमन गरेका थिए । मिर्चैया नगरपालीका मेयर श्रवण यादवको विषेश पहलमा विषेश समय मिलाएर निरिक्षण तथा अनुगमन गरिएकाे छ ।

उक्त कार्यक्रममा मेयर श्रवण यादव ज्युले पाँच वुदे माग पत्र उपप्रधान मन्त्रि ज्युलाई हस्तान्तरण गरेकाे थियो कार्यक्रम छाटो भएकोले उक्त कार्यक्रम अनैेपचारीक रुपमा मिर्चैया स्वास्थ्य केन्द्रको नव निर्मित भवनलाई १५ शैयाको अस्पतालमा परिणत गर्ने उद्देश्यले उक्त कार्यक्रम राखिएको मिर्चैया मेयरले जानकारी गराएका थिए, भने प्रमुख अतिथि उपप्रधान मन्त्री यादवले सेवा प्रभावकारी बनाउँदै जानुस अप ग्रेड पक्कै हुन्छ भन्दै सम्पुर्ण अधिकार स्थानीय निकायमै रहेको बताएका थिए  ।

कार्यक्रममा स्वास्थ्य चौकी लगायत मिर्चैया नगरपालीका स्वास्थ्य शाखाका कर्मचारी र स्थानीय नेताहरुको उपस्थिी रहेको थियो ।