बिच भलिबलमार्फत् पर्यटन प्रवर्द्वन

alt
  • पुष १३, २०७५
  • १८६ पटक पढिएको
  • उत्तम नेपाल

भद्रपुर/ केही दिन अघि मेची अञ्चलमा नै पहिलो पटक बालुवामाथि खेलिने भलिबल खेल झापामा सम्पन्न भयो । झापामा पहिलो पटक भए पनि तीन वर्ष अघि सुनसरीको इटहरीमा बालुवा ल्याएर दुईपटक खेल सम्पन्न भइसकेको छ ।

पछिल्लो पटक युवा वर्गमा क्रिकेट र फुटबलमा आकर्षण भइरहेको अवस्थामा खस्किँदै गएको भलिबल खेलमा आकर्षण थप्न समुद्री किनारमा खेलाइने बिच भलिबल खेललाई नेपालमा पनि भित्र्याउन थालिएको छ ।

बीस वर्ष अघिको भलिबलप्रतिको आकर्षण र वर्तमानमा ठूलो भिन्नता देखिएको भलिबलका ज्ञाताहरू सम्झन्छन् । बिच भलिबलले सन् १९९६ मा ओलम्पिक खेलमा समावेश भइसकेको छ । राष्ट्रिय प्रतियोगिता पाँचौँ पटक सम्पन्न भइसकेको नेपालको इतिहास छ ।

तर, बिच भलिबलको चर्चा भने नेपालमा खासै पाइँदैन । पूर्वी नेपालको मेची नदीमा पुस ५ देखि ७ गतेसम्म बिच भलिबल सञ्चालन भयो । नेपाल र भारतका खेलप्रेमीको बाक्लो उपस्थिति रह्यो ।

बिच भलिबल ब्राजिल, नेदरल्याण्ड र एसियाली देशका समेत समुद्री किनारमा आयोजना हुने गरेको छ । यसले पर्यटनको प्रवद्र्धन र मनोरञ्जन दिने काम गरेको छ । तर, नेपालको हकमा भने बगर र नदीनाला पर्याप्त नभएका कारण खेलाउन मुस्किल हुने गरेको वरिष्ठ भलिबल प्रशिक्षक बिरेन्द्र चौधरी बताउँछन् ।

अन्य खेलझैं बिच भलिबललाई नै चर्चामा ल्याउन औद्योगिक मेला–महोत्सवमा पनि समावेश गराउँदै आएको उनले बताए । नदी किनारको समस्या भए पनि बालुवा ल्याएर इन्डोर ‘गेम’ गर्न सकिने उनले बताए ।

नेपालमा खेर गइरहेको बगरलाई प्याराफिटसहितको खेल मैदान बनाएर स्थायित्व दिने हो भने खेलसँगै पर्यटनको सम्भाव्यता बढ्ने प्रशिक्षक चौधरी बताउँछन् । पर्यटन प्रवद्र्धनसँगै आयआर्जन भई सरकारलाई आर्थिक टेवा समेत पुग्ने उनको धारणा छ ।

केही दिनअघि सम्पन्न भएको बिच भलिबल वडासँगै जिल्लास्तरीय हुन जरुरी रहेको भलिबल कोच हेमा थापा बताउँछिन् । खस्किँदै गएको भलिबललाई बिचमार्फत् चर्चामा ल्याउनु पर्ने उनको धारणा छ ।

यो अन्य खेलभन्दा बढी रोमाञ्चक भएकाले नेपालमा यसको सम्भाव्यता रहेको उनको बुझाइ छ । अबको समयमा खेललाई पर्यटनसँग जोड्न आवश्यक रहेको ट्राभल्स सङ्घ झापाका अध्यक्ष तथा पर्यटनकर्मी नीरबहादुर (नेत्र) कार्की बताउँछन् ।

नेपालमा रहेका मेची, कोशी, कर्णाली, सेती नदी तथा खोला किनारमा खेल मैदान बनाएर आयोजना गर्ने हो भने आन्तरिक तथा बाह्य पर्यटन विकासको प्रवल सम्भावना रहेको कार्कीको धारणा छ ।

विश्वमा हुने ओलम्पिक खेल समापन हुने बित्तिकै आगामी प्रतियोगिताका लागि लागि तयारी शुरु भएजस्तै बिच भलिबल खेललाई पनि त्यस्तै बनाउन सकिने पर्यटनकर्मी कार्कीको भनाइ छ ।

बिच भलिबलको प्रचार– प्रसार कम भएकाले प्रायः खेलाडीको यसतर्फ ध्यान नगएको उनको बुझाइ छ । खेलकुदसँगै पर्यटन भित्र्याउने हाल केही योजना नभए पनि आगामी दिनमा खेदकुद क्षेत्रसँग समन्वय गरेर यसको विकास र विस्तारका लागि गहन रूपमा छलफल गरिने कार्की बताउँछन् ।

धरानलाई पर्यटन पालिक

 देउराली । प्रदेश सरकाले पूर्वकै पर्यटकीय सहर धरान

सामुहिक बलात्कार गर

ब्लाष्टखबर । असार २ गते खाजा खाएर फर्कदै गरेकी युवतीलाई

पानी पीडाः हुँनेखाने

धरान / यस्ता पनि ठाउँ छन् जहाँ एक गाग्री पानीका ला

बंगुर र कुखुरापालन त

पथरीशनिश्चरे  । मोरङको पथरी शनिश्चरे नगरपालिका अन्


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved