इनरुवा/ सुनसरीको गढी गाउँपालिकामा प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

सर्भिस युवा क्लबको संयोजनमा गढी गाउँपालिकाको कार्यालय औराबनीले पुष २३ गतेबाट प्रतियोगिता सञ्चालन गर्न लागेको हो । गढी खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल पुस ३० गते हुनेछ । वडाका ८ वटा टिमको सहभागिता रहने प्रतियोगिताको विजेताले ट्रफीसहित २१ हजार नगद प्राप्त गर्नेछ ।

दोस्रो हुनेले १५ हजार र तेस्रो हुने फुटबल टिमले १० हजार पुरस्कार पाउने गढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र भट्टराईले जानकारी दिए ।