धरान / धरानमा हुदै‌ आएको अन्तराष्ट्रिय वुढासुव्वा गोल्डकपको यही माघ २६ गते देखि सुरु हुने भएको छ । यो २१ औं संस्करण हो ।
२१ औ वुढासुव्वा गोल्डकपमा नेपाल, भारत र वंगलादेश गरी आठ टिमको सहभागिता रहने आयोजक क्लव धरान फुटवल क्लवले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
प्रतियोगितामा अयोजक धरान, सहारा क्लव पोखरा, थी्र स्टार क्लव, मनाङ्गमस्याङ्गी क्लव, संकटा क्लव, नेपाल पुलिस, धुनमुन्दी क्लव, वंगलादेश, ओइल इण्डिया एफसी दुलियाजान, आसाम आउने निश्चित भएको क्लवका अध्यक्ष किशोर राईले जानकारी दिए ।
गत साल भन्दा पुरस्कार राशिमा वृद्धि गरिएको छ । विजेता टिमले ८ लाख रुपैया र उपविजेताले ५ लाख रुपैया र ट्रफि प्राप्त गर्ने अध्यक्ष राईले बताए । अघिल्लो बर्ष विजेतालाई ६ लाख र उपविजेतालाई ३ लाख मात्र पुरस्कार रहेको थियो । गत बर्ष थ्रिस्टार क्लव विजेता र नेपाल पुलिस क्लव उपविजेता बनेको थियो ।