धरान / नेपालका नम्बर वान गल्फर शिवराम श्रेष्ठ र प्रो विकास अधिकारीलाई ४ स्ट्रोकले पछि पार्दै घरेलु एमेच्योर शुक्रबहादुर राईले सूर्य नेपाल इष्र्टन ओपन गल्फ टुरको उपाधि जितेका छन् ।

निर्वाणा कन्ट्री क्लब तथा गल्फ रिसोर्टको ५४ होलको समाप्तिमा शुक्रबार राईले कुल चार अण्डर २०६ खेल्दै उपाधि रक्षा गरेका हुन् । सूर्य इष्र्टन टुरमा एमेच्योर गल्फरले उपाधि उचालेको यो पहिलो हो । सूर्य मास्टर्समा एचेम्योर नै रहेका बेला शिवराम श्रेष्ठ र रुपक आचार्यले प्रोफेसनल उपाधि रक्षा गरेका थिए । यो प्रोफेसनल उपाधिमा एमेच्योरतर्फबाट तेस्रो हो ।

राईले शुक्रबार तीन अण्डर ६७ खेलेका थिए । ५४ होलको समाप्तिमा शिवरामले ३ ओभर ७३ खेल्दा कुल १ ओभर २११ कार्ड बनाए । विकास अधिकारीले शुक्रबार एक अण्डर ६९ कार्ड बनाउदा कुल १ ओभर २११ स्कोर गरे । शिवरामसग टाइ गरेका उनले नगद बाड्न सफल बने ।

उनीहरूले ९८ हजार ५ सय रुपैया प्राप्त गरे । यस्तै चौथो बनेका भुवन नगरकोटीले ५५ हजार र पाचौ भएका संजय लामाले ३९ हजार रुपैया प्राप्त गरे । संजयसग टाइ गरेको घरेलु प्रो. देवराज पाख्रिनले पनि ३९ हजार रुपैया नगद प्राप्त गरे । प्रतियोगितामा २२ प्रोफेसनल गल्फरले नगद प्राप्त गरेका थिए । ३६ होलको समाप्तिमा १५ ओभर १५५ कार्ड बनाएका खेलाडी ५४ होलका लागि छनौट भएका थिए ।

‘सूर्य इष्र्टनमा एमेच्योरले जितेको यो पहिलो हो ।’ नेपाल गल्फ एसोसिएसन सङ्घका अफिसियल रामजी राजबाहकले भने, ‘सूर्य मास्टर्समा शिवराम र रुपकले यसअघि जितेका थिए ।’ सूर्य नेपाल प्रालिको प्रायोजनमा भएको प्रतियोगितामा शनिबार प्रो–एम खेल हुने छ । जसमा प्रोफेसनल खेलाडी र एमेच्योर गल्फरहरू समूह बनाएर खेल्ने छन् ।