इटहरी । सुनसरीको इटहरीमा सर्बाधिक राशिको दोस्रो सभामुख कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सुनसरी जिल्ला खेलकुद विकास समितिको आयोजनामा पुस १९ गतेदेखि २३ गतेसम्म इटहरीको क्षेत्रीय रंगशालामा प्रतियोगिता हुने भएको हो ।

समितिका अध्यक्ष अनुरोध थापाका अनुसार सातै वटा प्रदेशका टिमसहित बिभागीय टिमहरू एपीएफ, नेपाली सेना र नेपाल प्रहरी क्लब गरी १० वटा टिमको सहभागी बन्दै छ । प्रतियोगितामा बिजयी टिमले ४ लाख नगद प्राप्त गर्ने छ भने उपविजेताले नगद २ लाख रुपैयाँ पाउने छ । पहिलो सभामुख कप रोल्पामा सम्पन्न भएको थियो । तात्कालनी समयमा विजेताले ३ लाख रुपैया दिइएको थियो । तृतीय टिमलाई १ लाख नगद प्राप्त गर्ने छ ।

व्यक्तिगततर्फ उत्कृष्ट खेलाडीलाई २५ इन्चको एलइडी टिभी, उत्कृष्ट स्पाइकर, बलर, सेटर, डिफेन्डर र सर्वरलाई जनही ५ हजार नगद सहित सिल्ड प्रदान गरिने आयोजक समितिका प्रचार प्रसार संयोजक बिक्रम थापाले बताए ।