ताप्लेजुङ / फुङलिङ नगरपालिकाको आयोजनामा जारी प्रथम मेयरकप वडास्तरिय भलिवलमाउपाधिका लागि ५ र ११ नम्बर भिड्ने भएका छन् ।

शनिबार सम्पन्न सेमिफाइलनमा वडा ५ ले वडा नं १० फुरुम्वू पराजित गर्दै फाइलनमा प्रवेश गरेको छ भने सेमिफाईनलमा ११ नम्बर वडाले फावाखोलाले वडा नं ९ हाङ्देवालाई पराजित गरेको हो । प्रतियोगिताको फाइनल तमु ल्होसारको अवसर पारेर पुष १५ गते आईतवार हुने नगरपालिकाले जनाएको छ ।

बिजेताले ३ सय तोला चाँदी र २ तोला सुनजडित कपसहित नगद ७५ हजार रुपैयाँ पुरस्कार पाउँने छ । उपबिजेता नगद ५० हजार र तृतीयले नगद २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउँने छ । यस्तै वेस्ट प्लेयरतर्फ स्पाइकर, लिफ्टर, अल राउण्डर, लिब्रो र ब्लकरलाई समेत जनही नगद ५ हजारका दरले पुरस्कृत गरिने छ ।