अष्ट्रेलिया । अष्ट्रेलियाको अर्बनस्थित ‘सिड्नी नेपाली चर्च’ ले ख्रिष्टमस धुमधामका साथ मनाएको छ ।

प्रभु येशु ख्रिष्टको जन्मदिनको अवसर पारेर नेपालीहरूले ख्रिष्टमस मनाएका हुन् । इसाई धर्मालम्बी नेपालीहरू सहभागी भएर प्रभु येशुको जन्म दिनलाई भव्यताका साथ मनाएका थिए । मण्डलीका प्रतिनिधिहरू सांस्कृतिक पोसाकमा सहभागी भई नाटक, नृत्य प्रस्तुत गरेका थिए ।

सिनियर एल्डर जीवन श्रेष्ठले ख्रिष्टमसको आवश्यकता र येशुले दिएको सन्देशको बारेमा जानकारी गराए । उनले बाइबलमा लेखिएका अध्यायका बचनबारे सहभागीलाई जानकारी गराए । मण्डलीका अध्यक्ष मुकुन्द अधिकारीले प्राथनाका साथ समापन गरेका थिए । अन्य मण्डलीहरूबाट पनि सहभागी जनाउदै ख्रिष्टमसमा विविध कार्यक्रम गरिएको थियो । मनोरञ्जनात्मक कार्यक्रम पनि गरिएको थियो ।

IMG_2954

IMG_2983 IMG_2971