धरान । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले ३३९ वटा बाझिएका कानून परिमार्जन नगरिए सरकारलाई नै अप्ठ्यारो पर्ने बताएका छन् ।

सभामुख भण्डारीले धरानमा सोमबार भएको नव वर्ष तथा ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै बाझिएका कानून परिमार्जन गरेर सबै जातजाति, धर्मालम्बीले अपनत्व ग्रहण गर्ने किसिममा बनाउनु पर्ने बताएका हुन् । उनले कानून नबनिञ्जेलसम्म अप्ठ्यारो पर्ने बताए ।

उनले संविधानको धारा २६ मा प्रत्येक नागरिकलाई आफूलाई मनपर्ने धर्म अवलम्बन गने, संरक्षण गर्ने अधिकार स्पष्टस“ग किटान गरेकाले कार्यान्वयन पनि त्यहीअनुसार गर्न सरकारलाई सुझाव दिए । उनले आफूलाई सबैले सरकारको–सरकारको मान्छे भने पनि आफू सरकारको मान्छे नभएको स्पष्ट पारे । उनले संविधानले व्यवस्था गरेको अधिकार आउदो वर्षबाट लागू हुने अवस्था सिर्जना गरिनु पर्ने बताए ।

उनले लामो बिदाहरू कटौती गरेर अन्य बिदालाई यथावत राख्नुपर्ने तर्फ सरकारको ध्यानाकर्षण गराए । त्यसक्रममा पूर्वाञ्चल इसाइ समाजका अध्यक्ष पाष्टर कुवेर गुरूङले धर्म निरपेक्ष भए पनि कानून धर्म निरपेक्षअनुसार नभएकाले कानून संसोधन गर्नुपर्ने बताए । उनले धर्म निरपेक्षअनुसारको कानून बन्नुपर्नेमा जोड दिए । धार्मिक अल्पसङ्ख्यकहरूलाई पनि अटाउने गरीको कानूनहरू ल्याइनु पर्ने तर्क गरे ।

कार्यक्रममा अन्तरधार्मिक सञ्जाल महासङ्घका संयोजक रामभक्त कुरूङ्भाङले सञ्जालले दिगो शान्ति र समतामूलक समाजको परिकल्पना गरेको बताए । संविधानमा कतिपय विषयमा पूर्णता भए पनि कतिपय विषय अपूर्णता कायमै रहेकाले त्यहीअनुसारको कानून निर्माण हुदा त्यसैको प्रतिबिम्बित भएर आएको बताए । उनले सबै जातजाति, धर्मालम्बीहरूलाई अटाउने गरीको कानूनहरू निर्माण गरिनुपर्ने बताए ।

उनले आश्थाले जे भए पनि सबैले आफू नेपाली हो भन्ने कुरा चाहि भुल्न नहुने जिकिर गरे । कार्यक्रममा प्रदेश १ का सांसद् तथा सचेतक सीता थेवे, अन्तरधार्मिक शान्ति सञ्जालका बौद्ध समुदायबाट प्रतिनिधित्व गर्दै मित्रसेन योञ्जन, हिन्दुबाट राजेन्द्रकुमार ढकाल, इस्लामबाट साजन मिया“, धरान ख्रीष्टीय समाजका अध्यक्ष शमूयल राईलगायतले बोलेका थिए । कार्यक्रम पूर्वाञ्चल इसाइ समाजकाे अायाेजना तथा धरान ख्रीष्टीयन समाजकाे सहअायाेजनामा कार्यक्रममा सम्पन्न भएकाे हाे । कार्यक्रममा पूर्वाञ्चल भरीका पाष्टरहरूकाे सहभागिता रहेकाे थियाे ।