धनकुटा /  प्रदेश नं.१ का मुख्य मन्त्रि शेरधन राईले साँगुरीगढी गाउँपालिकालाई पर्यटकीय गाउँपालिकाको रुपमा प्रदेश सरकारले घोषणा गरेको वताएका छन ।
होटल एशोसिएसन भेडेटारको आयोजनामा अंग्रेजी नयँ वर्ष सन् २०१९ को अवसरमा धनकुटाको पर्यटकीय नगरी भेडेटारमा सोमवार सम्पन्न सातौं फुड फेस्टिवल (खानपान महोत्सव) को उद्धघाटन गर्दै मुख्य मन्त्रि राईले यस्तो वताएका हुन ।
आन्तरिक तथा पर्यटक प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको सातौं फुड फेस्टिबल तथा खानपान महोत्सव–२०७५ उद्धघाटन समारोहका प्रमुख अतिथिसमेत रहेका राईले भेडेटारको पर्यटन प्रद्र्धनका लागी साँगुरीगढी गाउँपालिकालाई योजना वनाएर पूर्वाधारहरुको विकास गर्न प्रदेश सरकामा योजना पेश गर्न जोड दिएका छन् । उनले साँगुरीगढी गाउालिकाले योजना पेश गरेपछि भेडेटारमा पर्यटन पूर्वाधार तयार गर्न प्रदेश सरकार प्रष्ट खाका सहित अघि वढ्ने वताए । मुख्य मन्त्रि राईले १ नम्वर प्रदेशको आर्थिक समृद्धिमा भेडेटारलाई पर्यटनको मुख्य केन्द्र वनाउनको लागी नीतिगत रुपमा पर्यटनको विकास नहुने भएकाले धनकुटा जिल्लाको समग्र पर्यटन विकासको लागी नीति वनाएर अघि वढ्ने वताए ।
उनले पर्यटन प्रवद्र्धनको लागी वन्ने नीतिमा पहिलो प्राथमिकता १ नम्वरमा भेडेटारले पाउने वताएका छन् । राईले कृषि, जलश्रोत र पर्यटन नेपालको आर्थिक विकासको आधार भएकोले भेडेटारलाई पर्यटक गन्तव्यको प्रदेश नं.१ को प्रमुख केन्द्र वनाउन प्रदेश सरकारको पुर्ण रुपमा ध्यान पु¥याउने र त्यो आफ्नो पहिलो दायित्व र कर्तव्य हुने पनि वताए । उनले भेडेटारको चौतर्फी विकासको लागी निजि क्षेत्र र स्थानिय सरकारसंग योजनावद्ध ढंगले साँझदारीको लागी तयार हुन आग्रह समेत गरे ।
होटल एशोसिएसन भेडेटारका अध्यक्ष दिपेन्द्र राईको अध्यक्षतमा सम्पन्न सातौं भेडेटार फुडफेस्टीवल तथा खानपान महोत्सवमा प्रदेश सांसद कुसुम कुमारी श्रेष्ठ, नेकपाका नेता नैन विश्वकर्मा, साँगुरगढी गाउँपालिकाका अध्यक्ष कुमारजंङ्ग याखा, चौविसे गाउँपालिकाका अध्यष खजिन्द्र राई, शहिदभुमी गाउँपालिकाका अध्यक्ष मनोज राई, आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राई, पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरवहादुर श्रेष्ठ, ग्रामिण जनता माविका प्राचार्य टंकवहादुर भुजेल लगायतले महोत्सव सफलताको लागी शुभकामना मन्तव्य राखेका थिए । महोत्सव उद्धघाटन समारोहको संचालन होटल एशोसिएशन भेडेटारका महासचिव आशिष राईले गरेका थिए भने स्वागत मन्तव्य होटल एशोशिएसन भेडेटारका निवर्तमान अध्यक्ष लिलाराज लावतीले गरेका थिए
भेडेटारमा यो वर्ष आयोजना गरिएको फुड फेस्टिवलको स्थल भेडेटार चोक देखी काम्फेकसम्म स्टलहरु सजाइएको छ । आयोजकले आर्थिक तथा सामाजिक उत्थानको लागी भेडेटार हेलीटुर, होटल व्यवसाय, होमस्टे, अन्य व्यवसाय, कृषि, साँस्कृतिक र शिक्षा क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले फुड फेस्टिवल हरेक वर्ष आयोजना गरिएको वताएका छन् । यो वर्षको मुख्य आकर्षण भेडेटार हेलीटुरले महोत्सवमा निक्कै रौनक थपेको पाइएको छ । हेलीटुरको लागी सर्वसाधरणको काम्फेक डाँडामा निक्कै भिड लागेको थियो ।
फुड फेस्टिबलमा आउने पर्यटकहरुले नजिकैको क्षेत्रहरु भेडेटार क्षेत्रभित्र रहेको साँगुरी यक, पाथीभारा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, सिएननको सर्वेक्षणमा विश्वको १२ औं गन्तव्यको रुपमा लिएको विश्व चर्चित नाम्जेवजार, नमस्ते झर्ना (सिम्सुवा), शैलुङडाँडा, अजंगको वरको वोट, थाउजेण्ड वुद्ध, आत्मबस्ने घर थुम्की, सुर्यद्धय बौद्धविहार गुम्बा लगायतका ठाउँमा घुमफिर गर्न सक्नेछन् । त्यस्तै गरी मगर, लिम्बु, राई, याम्फु, तामाङ र याखा जातिको साँस्कृतिक झाँकीको समेत मनोरञ्जन लिन सकिने आयोजकले बताएका छन् ।