माङसेबुङ, इलाम / नेपाली चियाको विदेशी वजारमा निकै माग छ । तर माग अनुसारको फरक फरक गुणका गुणस्तरीय चिया उत्पादन हुन सकेको छैन । विदेशमा कफीले चाँही नेपाली व्रान्ड नै पाए पनि माग अनुसार उत्पादनै हुन सकेको छैन ।

गुणस्तरीय चिया उत्पादनसँगै कफी उत्पादनका विषयमा नेपाल चिया तथा कफी विकास वोर्डले त्यस विषयमा सरोकारवालासँग छलफल थाल्ने योजना वनाएको छ । वोर्डका निर्देशक दीपक खनालले इलामको माङ्मालुङ् चिया वगान लिमिटेडको २३ औं वार्षिक साधारणसभाका सन्दर्भमा बोल्ने क्रममा नेपाली चियाको फरक फरक गुणका गुणस्तरीय चियाको माग भइरहेको जनाए । पूर्ण अर्गानिक सहितका विभिन्न स्वादका चिया विदेशीले रुचाउने गर्दछन् । उनले भने ‘विदेशमा हाम्रो चिया क्वालिटी वेसमा माग भइरहेको छ । कफीको त झन धेरै माग छ । जसका लागि नेपाली चिया उत्पादकसँग र कफीका लागि लगानीकर्तालाई आव्हानका लागि वोर्डले छलफल कार्यक्रम वनाएको छ ।’

नेपालमा चियाको व्यवसायिक खेती भए पनि कफीको भनें ठूलो मात्रामा व्यवसायिक खेती हुन सकेको छैन । ‘व्यवसायिक खेती भए पनि हाम्रो चिया धेरैखाले गुणको उत्पादन गर्न सकेको छैनौं ।’ उनले भने ‘तर ठूलो व्यवसायिक खेतीका रुपमा जान नसके पनि नेपालको कफी नै व्रान्ड बनेको छ । सवैले मन पराएर महंगो मै किन्छन् ।’ चिया र कफी दुवैको विदेशमा राम्रो माग भएको उनले दर्शाउँदै चियाका विभिन्न गुणका उत्पादन गर्न र कफीलाई व्यवसायिक उत्पादन वढाउन सरकार पक्षले योजना वनाउन आवश्यक रहेको तथ्य अघि सारे ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्वर १ का सभामुख प्रदीपकुमार भण्डारीले चिया पर्यटनको अवधारणासँगै चिया उत्पादनलाई विदेशमा निर्यातको रफ्तार वढाउने काममा सवै पक्ष मिलेर लाग्नुपर्ने जनाए । ‘रुखोपाखो डाँडो पनि चिया उत्पादनको थलो र आकर्षक मनमोहकस्थल वनेको पाइयो । यसको थप प्रवद्र्धनमा सरकार पक्षले समेत सघाउ पुर्याउनु पर्ने देखिन्छ ।’– उनले भने । नेपालको चियालाई भारतमा मात्र निर्यात नगरेर अन्य मुलुकमा पनि निर्यात गर्ने वातावरण बनाउन आवश्यक रहेको उनको भनाई थियो । नेपालका डाँडापाखाहरु चिया खेतिमा प्रयागे गरेर सम्वृद्ध नेपाल बनाउन सकिने उनको भनाई थियो । प्रदेश सरकारले यस्ता व्यवसायीक कम्पनिहरुलाई हौसला प्रदान गर्न नयाँ नयाँ कार्यक्रम ल्याउन तयारीमा रहेको उनले बताएका छन् ।

ilam2 सो अवसरमा इलाम २ का प्रदेश सांसद धिरेन शर्माले विकट पहाडी क्षेत्र चिया खेतीका कारणलेसमेत विकासको मार्गमा अघि बढ्न सहयोग पुगेको चर्चा गरे । उनले ३ अरव ७० करोडको लागत रहने भेडेटार रवि राँके सडकको पुस २० गते प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत शिलान्यास र सोही दिन रविमा स्थानीयस्तरमा उत्पादित विद्युत केन्द्रीय प्रशारण लाइनमा जोड्ने कार्यको उद्घाटन कार्यक्रमको सन्दर्भ जोडे । ‘सोही सडकखण्डले छुने यहाँको चिया वगानको व्यवसायिक प्रवद्र्धनमा यी दुई कार्यक्रमले ज्यादै ठूलो महत्व राख्दछ ।’– उनले प्रष्ट्याए ।

पू्रर्व क्षितिज प्रकाशन प्रालिका प्रवन्ध निर्देशक तथा ब्लाष्ट टाइम्स दैनिकका सम्पादक किशोरकुमार कार्कीले सुन्दर प्राकृतिकस्थलका रुपमा विकास भएको चिया वगान आफैंमा ठूलो सम्भावना रहेको उल्लेख गरे । व्यवसायिक रुपमा फस्टाउँदै चियाको अन्तराष्ट्यि वजार प्रवद्र्धन गरेर नेपालको व्यापार घाटा घटाउने काममा लाग्नु आवश्यक रहेको सुझाए ।
ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवम् पर्यटनको प्रचुर सम्भावना बोकेको माङ्सेवुङ् गाउपालिका ६ मा अवस्थित माङ्मालुङ् चिया वगान ५ हजार २१ रोपनी जग्गा खरिद गरी २ हजार १ सय रोपनी क्षेत्रमा चिया लगाइएको छ । वाँकीमा चिया लगाउँदै जाने योजना रहेको माङ्मालुङ् चिया वगान लिमिटेडका कार्यकारी निर्देशक केदार लामिछानेले जानकारी दिए । सो क्षेत्र किरात धर्मगुरु नेपालका १६ औं राष्ट्यि विभूति फाल्गुनन्द र वर्तमान गुरु आत्मानन्द लिंदेनको जन्मस्थल, माङ्मालुङ् सहित धार्मिक एवम् साँस्कृतिक महत्वको ठाउँमा पर्दछ । साँस्कृतिक महत्व बोकेको पर्यटकीयस्थल मिक्लाजुङ यहाँबाट नजिकै रहेको छ । सो कम्पनीको उत्पादित चियाको नाम नै ‘मिक्लाजुङ’ राखिएको उनल ेबताए ।

नेपालमा चियाको अवस्था:

ilam

नेपालमा सन् १८३३ मा पहाडी जिल्ला इलामबाट चिया खेती सुरु भएको पाइन्छ । तराइका जिल्लामा समेत चिया खेती हुने गरेको छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा १ करोड ८४ लाख ६२ हजार ४ सइ ३२ केजी सीटीसी (मसिनो दानेदार) र ५ लाख ८० हजार केजी अर्थाेडक्स गरी वार्षिक साढे २ करोड किलोग्राम चिया उत्पादन हुने गरेको छ । ३ अर्वभन्दा माथिको मुख्यको चिया निर्यात हुने गरेको छ । सीटीसी चिया झापामै मात्र उत्पादन हुने गर्दछ । झापामा मात्रै १ करोड ११ लाख ४३ हजार केजी चिया उत्पादन हुन्छ । वढी चिया उत्पादन हुनेमा इलाम दोस्रोस्थानमा छ । त्यहाँ २१ लाख ५८ हजार केजी चिया उत्पादन हुन्छ । पाँचथरमा २ लाख ८३ हजार केजी, धनकुटामा ८० हजार ४ सय ३६ केजी, तेह्रथुममा २१ हजार ३ सय ४१ केजी तथा ललितपुर, कास्की, काभ्रे, नुवाकोट सहितका केही जिल्लाबाट १ लाख बढी केजी चिया उत्पादन हुने गरेको नेपाल चिया तथा कफि विकास वोर्डको तथ्यांकमा उल्लेख छ । चियामा आत्मनिर्भर मात्र नभएर निर्यातको भरपर्दाे स्रोत बनेको अवस्थामा पनि वार्षिक ९ करोड हाराहारी मुल्यको विभिन्न देशको चिया नेपाल भित्रिने गरेको समेत छ ।

के छ कफीको अवस्था :

८ सयदेखि १८ सय मिटर उचाईमा हुने कफि नेपालका ४२ जिल्लामा पुगेको छ । करिव २६ हजार हेक्टर क्षेत्रफलमा सामान्य व्यवसायका रुपमा सानो सानो अंशमा कफी खेती हुँदै आएको छ । जसबाट ५ सय १३ मेट्किटन उत्पादन हुने गरेकोमा ८ हजार मेट्नि टन वढी कफिको विदेशमा माग छ । ११ लाख हेक्टर कफिखेती योग्य जमिन नेपालमा छ । नेपालको फरक खाले हावापानीका कारण कफिको गुणस्तर एवम् स्वाद नै अन्य देशको भन्दा स्वादिलो भएकाले प्रतिकेजी ८ देखि १० डलरमा विक्री हुने गरेको पाइन्छ । अष्ट्ेलिया, कोरिया, जापान, जर्मन सहितका युरोपियन मुलुलकमा नेपाली कफिको माग छ । नेपाली कफिले विश्व कफि रेटिङ मञ्चमा स्पेशल्ली कफिमा रेटिङ भएको छ ।

कम्पनिको योजना

ilam1
माङ्मालुङ् चिया वगान लिमिटेडक कार्यकारी निर्देशक लामिछानेका अनुसार कम्पनिले आगामी ५ बर्ष भित्र खाली २ हजार ९ सय २१ रोपनी जग्गामा आफै नर्सरी उत्पादन गरेर चिया लगाउने तयरी गरेको छ । दुई बर्षभित्र कम्पनिको शेयर सदस्यहरुलाई मुनाफा वितरण गर्ने गरि काम अघि बढाइएको उनले बताए । सोमबार सम्पन्न २३ औं बार्षिक साधारण सभाले आर्थिक बर्ष २०७५÷७६ को अनुमानित आय व्यय र कार्ययोजनासमेत पारित गरेको छ ।

मजदुरलाई सम्मान
कम्पनिले २०५१ सालदेखि फिल्डकमाण्डारको रुपमा काम गर्दै आएका ७२ बर्षिय मानवीर राईलाई सम्मान गरेको छ । नगद ५१ हजारसहित उनलाई कम्पनिका अध्यक्ष किरण मुकारुङ, प्रमुख अतिथि सभामुख भण्डारी र कार्यकारी निर्देशक लामिछानेले सम्मान गरेका थिए । सोही अवसरमा उद्योगमा काम गर्ने मजदुरहरुलाई एक सेट ट्याग सुटसमेत वितरण गरिएको थियो ।