नयाँ वर्षको कार्यक्रममा गोली चल्दा एकै परिवारका छ जनाको मृत्यु

alt
  • पुष १८, २०७५
  • ३४४ पटक पढिएको
  • एएफपी

बैङ्कक / थाइल्याण्डमा एक व्यक्तिले आफ्नै परिवारका सदस्यहरुलाई गोली प्रहार गरेर हत्या गरेका छन् ।  नयाँ वर्षको अवसरमा भइरहेको रमाइलो कार्यक्रममा उनले हानेको गोली हानेर दुई जना बालबालिका सहित एकै परिवारका छ जनाको मृत्यु भएको हो । 

ससुराले आफुलाई अपमान गरेको महसुस गरी ती व्यक्तिले गोली प्रहार गरेको प्रहरी अधिकारीहरुले मंगलबार जनाएका छन् ।  चुम्फोङ प्रान्तमा मध्यरातमा झण्डै दश मिनेट जति ती व्यक्तिले आफ्नै परिवारका सदस्यहरुमाथि निरन्तर रुपमा गोली वर्र्र्षाएका थिए ।  अत्यधिक मदिरा सेवन गरेका सुचीप सोर्नसुङ नाम गरेका ती व्यक्तिले रमाइलो कार्यक्रम सुरु भएपछि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । 
“पीडित सवै जना उनकै पारिवारिक सदस्य हुन्, ती मध्ये एक जना उनैका नौ वर्षको छोरा र छ वर्षकी छोरी पनि रहेका छन्” एक प्रहरी अधिकारीले भने । श्रीमतीको माइतीले उनलाई स्वागत नगरेको रिसमा उनले आफ्नै परिवारमाथि गोली प्रहार गरेको प्रहरीको भनाई छ । 
मारिनेमा अरु दुई जना महिला र दुई जना पुरुष ४७ देखि ७१ वर्ष सम्मका रहेका छन् । ती दुई जनाको नाता भने खुलाइएको छैन ।  थाइल्याण्डमा पछिल्लो समयमा गोली प्रहार गरी हत्या गर्ने गरेका घटनामा बृद्धि भएको बताइएको छ । 

सीपले बनायो आत्मनिर्

दमक/ झापाको शिवसतासी नगरपालिका–८ की निशा अधिकारी

विप्लव नेकपा र नेपाल

सरकारले गैरसंवैधानिक र गैरकानूनी हर्कत गरेको भन्दै विप्

कचनकवलमा  २ हजार बिघ

भद्रपुर/ धान रोप्ने मेसिन किसानको पहुँचमा पुगेपछि यस वर

नेपाली  फिल्मका  रङ्

होलीले मेरो रङ्गायो नयाँ चोली फागुन महिनामा खेलौं होली


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved