झापा/ ‘बिर्तामोड महोत्सव २०७५’ मा उत्कृष्ट खेल-तमासाका कारण आगन्तुकको भीडले महोत्सवको रौनक बढेको छ ।

असहाय विद्यार्थीको शैक्षिक उन्नयन गर्ने उद्देश्यले बिर्तामोडमा संयुक्त युवा परिवार झापाले सञ्चालनमा ल्याएको महोत्सवमा दैनिक स्थानीय र राष्टिूय कलाकारको प्रस्तुति बढेपछि महोत्सवको रौनक बढेको हो ।

प’ष १३ देखि सुरु भएको महोत्सवको दुई दिन प्रवेश गर्नेको संख्या सामान्य थियो, संस्थाका अध्यक्ष प्रदीपकुमार श्रेष्ठले भने ‘त्यसपछि विभिन्न खेल तमासा र राष्टिूय कलाकारको प्रस्तुतिका कारण दर्शकको भीड बढेको छ ।’

आइटी तथा विज्ञान, कम्प्युटर इलेक्टूोनिक तथा मेसिनरी, अटो तथा मोटरपार्टस्, शैक्षिक सामाग्री, शैक्षिक परामर्श सेवा, कृषिजन्य उत्पादित वस्तुहरु, श्रृंगारका सामान, पहिरन तथा लत्ताकपडा, जुत्ताचप्पल लगायतका स्टल राख्ने व्यवस्था मिलाएको संस्थाका महासचिव बद्री महतले बताए ।

महोत्सवमा ब्रेक डान्स, घोडाचडी, मओतका कुवा, रोटे पिङ, बालबालिकाको खेलौनालगायतका खेल सामाग्रीले सहभागी दर्शकले भरपुर मनोरञ्जन लिने गरेको ठेकेदार विवेक अग्रवालले बताए ।मंगलबार साँझ राष्ट्रिय गायक ताराप्रकाश लिम्बुले ७ वटा गीत प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिएका थिए ।

त्यसैगरी पुष १९ गतेदेखि २५ गतेसम्म कमल खत्री, ज्योति मगर, त्रिसणा गुरुङ, राजेशपायल राई, भिटेनको प्रस्तुति रहने आयोजकले जनाएको छ । पुस २३ गते स्थानीय तथा राष्टिूयस्तरका कवि तथा लेखकको खुल्ला कविता प्रतियोगिता हुनेछ ।

सो प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयलाई क्रमशः ८ हजार, ५ हजार र ३ हजार राशीद्धारा प’रस्कृत गरिनेछ । २० लाख अनुमानित खर्च हुने र २५ लाख आम्दानी गर्ने लक्ष्य समितिले राखेको महोत्सव आयोजकले मेचीनगरका अग्नीपीडितलाई सहयोग गर्ने भएको छ । गत विहीबार मेचीनगरको काँकरभिट्टामा आगलागीबाट २२ वटा छाप्रा जलेर क्षति पुगेको थियो ।