मन्दिरमा महिला प्रवेश गर्न लाग्दा झडप

alt
  • पुष १९, २०७५
  • २१६ पटक पढिएको
  • रासस

थिरुवानान्थापुरम /  भारतको एउटा मन्दिरमा महिलाहरू प्रवेश गर्न लाग्दा बुधबार झडप भएको छ ।  परम्परागतरूपमा महिलालाई निषेध गरिएको सो मन्दिरमा परम्पराविपरित प्रवेश गर्न लागेको भन्दै अवरोध भएपछि झडप भएको हो । 

अदालतले मन्दिरमा प्रवेश गर्न दिनुपर्ने आदेश केही समय पहिले दिएपछि अहिले महिलाहरू मन्दिर प्रवेश गर्न खोजे पनि स्थानीयले प्रवेश गर्न नदिएको समाचारमा जनाइएको छ ।  झडपलाई रोक्नका लागि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो भने झडपका क्रममा दुवैतर्फका केही घाइते भएका छन् ।  भारतको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा रहेको सबरीमाला मन्दिरमा महिलाहरूलाई पनि प्रवेश गर्न दिन सर्वोच्च अदालतले गत सेप्टेम्बरमा फैसला गरेको थियो । 

सो मन्दिरमा रजस्वला हुने उमेर भएका १० देखि ५० वर्षका महिलालाई प्रवेश गर्न नदिइने परम्परा गलत भएको अदालतको ठम्याई थियो ।  रजस्वला हुँदा अपवित्र हुने मान्यताका कारण महिलाहरूले धार्मिक कार्यमा सहभागी हुन वा मन्दिरमा प्रवेश गर्न हुँदैन भन्ने प्रचलन रहेको छ । सो प्रचलनबाट लैङ्गिक भेदभाव भएको भन्दै मुद्दा परेपछि अदालतबाट मन्दिर प्रवेशमा निषेध गर्न नपाइने फैसला गरेको हो । 
फैसला सुनाउँदै भारतका प्रधानन्यायाधीश दीपक मिश्रले ’प्रतिष्ठा र परिचयका लागि धर्म’ भएको भन्दै ’धर्मको अनुशरण गर्ने अधिकार महिला पुरुष दुवैलाई बराबर भएको’ उल्लेख गर्नुभएको थियो ।
तर मिश्रको नेतृत्वमा बसेको पाँच सदस्यीय संवैधानिक इजलासमा रहेकी एक मात्र महिला न्यायाधीश इन्दु मलहोत्राले भने यस फैसलामा असहमति जनाउनुभएको थियो । उहाँको असहमतिका बाबजुद बहुमतका आधारमा यो फैसला भएको हो ।  गहिरो धार्मिक भावना भएका विषयमा अदातलले हस्तक्षेप गर्न नहुने र अदालतको हस्तक्षेपले अन्य धार्मिक विषयमा पनि असर पर्नसक्ने मलहोत्राकोे भनाइ छ ।  सबरीमाला भगवान अयप्पाको मन्दिर हो र उहाँ ब्रह्मचारी हुनुहुन्थ्यो, त्यसैले रजस्वला भएका महिलालाई त्यहाँ प्रवेश गर्न दिनु हुँदैन भन्ने मान्यता रहेको बताइन्छ । 

बेलवारीबाट पेस्तोल स

मोरङ । प्रहरीले आइतबार साँझ २ थान पेस्तोल सहित २ ज

धरानलाई पर्यटन पालिक

 देउराली । प्रदेश सरकाले पूर्वकै पर्यटकीय सहर धरान

सामुहिक बलात्कार गर

ब्लाष्टखबर । असार २ गते खाजा खाएर फर्कदै गरेकी युवतीलाई

पानी पीडाः हुँनेखाने

धरान / यस्ता पनि ठाउँ छन् जहाँ एक गाग्री पानीका ला


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved