धरान / पुस १५ गतेदेखि मोरङको याङशिला संगीतमय भएको छ । पुसे मेलाको अवसरमा लाग्ने गरेको मेला यस वर्षदेखि धार्मिक तथा साँस्कृतिक मेलामा परिणत भएर संगीतमय भएको हो ।
मेलामा हरेक साँझ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीले कालोपानी मेला पुग्नेहरु गीत र संगीतमा रम्ने रमाउने गरेका छन् । मेलाको उद्घाटन केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले गरेका थिए । शुरु दिनमा नै लोक तथा आधुनिक गायक शुम्भ राईले मेलालाई संगीतमय बनाए ।
मेलाको इतिहास
कालोपानी धार्मिक तथा साँस्कृतिक मेला २०७५ का अध्यक्ष प्रकाश श्रेष्ठका अनुसार याङशिलाको धार्मिक स्थल र पर्यटन प्रवद्र्धन एवं विकासको लागि मेलाको आयोजना गरिएको हो । परापुर्व कालदेखि सो क्षेत्रमा कृषिजन्य वस्तुहरुलाई विक्री वितरण गर्नको लागि कालोपानीमा हरेक पुस १५ मा पुस मेला लाग्ने गरेको त्यहाँका वृद्ध वृद्धाहरुको भनाई रहेको छ ।
जुन समय देैनिक उपभोग्य वस्तु खरिद गर्न हिडेर धरान वजार , इटहरी , विराटगनर सम्म जानु पर्ने वाध्यता हुँदा पुस १५ गते हरेक वर्ष मेलाको आयोजना गदेै आएको स्थानीय उतम प्रधानले वताए । तर २०५२ साल पछि नेपालमा माओवादी जनयुद्धका कारण सुरक्षाको दृष्टिले वन्द भएको थियो । मेला वन्द भएको २५ वर्षपछि शुरु भएको मेलामा धरान, विराटनगर, इटहरीलगायतका स्थानहरुबाट मेला अवलोकन गर्न जाने गरेको मेला व्यवस्थापन समितिका सचिव राकेश राईले जानकारी दिए ।


दैनिक जसो २ हजार भन्दा वढी दर्शकहरुले धार्मिक तथा सांस्कृतिक मेलाको अवलोकन गर्ने गरेका छन् । धार्मिक महत्व वोकेको मेलाले हरेक साँझ हुने गीत संगीतले थप आकर्षण वढाएको गीतकार तथा कलाकार संयोजक राम रेप्चाङले वताए । उनका अनुसार मेलाको दोश्रो दिन अर्थात पुस १६ गते चर्चित गायिका दिपा लामाले प्रस्तुती दिइन् । अग्रेजी नयाँ वर्षको अवसरमा हप्पी निउ इयर सहित वाबु लन्ज एण्ड यूथ व्याण्डको प्रस्तुतीले युवा वर्गलाई पुस महिनाको जाडोको मौसमलाई न्यानो वनाएको थियो । वुधबार साँझ भने गायक सुरेश लामाले प्रस्तुती दिए । युवाहरुका ढुक ढुकी डिजे युवाले विहीबार कालोपानीलाई संगतीमय वनाएका थिए । आज ( शुक्रबार ) गायक तथा संगीतकार राकेश किराती र विनोद खम्वुको प्रस्तुती रहने छ भने मेलाको अन्तिम दिन शनिबार प्रताप दासको प्रस्तती रहने आयोजकले जनाएको छ ।