धरान / इडेन एकेडेमी कन्सल्टेन्सी प्रालि धरानले लामो समयदेखि विभिन्न प्रकारका सेमिनारहरु गरेर विद्यार्थीहरुलाई वैदेशिक अध्ययनको अझ नजिक ल्याएको छ । यसै वर्षमात्र इडनले करिब १० वटा सेमिनारहरुको गरेको छ । सिमित कलेज र विश्वविद्यालयहरुसंग गरिदै आएको सेमिनारलाई यस पटक अझ पृथक बनाउने प्रयास गरेको देखिन्छ ।
इडन एकेडेमीले आउदो पौष २१ गते शनिवारका दिन धरानमा र पौष २२ गते आईतबारका दिन ईटहरीमा १२ भन्दा बढी कलेज र विश्वविद्यालयका नेपाल प्रतिनिधिहरुलाई सहभागि गराई भव्य सेमिनार गर्ने भएको छ । यस सेमिनार पहिले भएका सेमिनारहरु भन्दा फरक र विद्यार्थीहरुलाई प्रत्यक्ष प्रश्नोत्तर गर्न मिल्ने किसिमको भएको जानकारी इडनले दिएको छ ।
यस सेमिनारमा लामो समय पर्खेर भाषण सुन्नुपर्ने बाध्यता नरहेको र आफुले ईच्छा गरेका कलेज र विश्वविद्यालयहरुलाई सिधै प्रश्न गर्न सकिने सुविधा रहेको बताईएको छ ।
सहभागीता
यस सेमिनारमा ए.टि.एम.सि क्याम्पस, फेडरेसन युनिभर्सिटी, युनिभर्सिटी अफ सन साईन कोष्ट, होटल स्कुल सिड्नी, साउदन क्रस युनिभर्सिटी, हार्वर कलेज, ग्लोवल ईन्टीट्युट, ए.आई.वि.टि कलेज, ई.आई.टी. , आई.एच.एम. , क्यान्टरवरी टेक्नीकल इन्सटिट्युट, सिड्नी सिटि कलेज अफ म्यानेजमेन्ट र आई.एच.एन.ए. कलेजको सहभागिता रहने छ । यी शैक्षिक संस्थाहरुका नेपाल प्रतिनिधिहरुको उपस्थितिले विद्यार्थीहरुलाई वैदेशिक शिक्षा सम्बन्धि भ्रम चिर्न मद्दत गर्ने कुरामा ईडन विश्वस्त रहेको कुराको जानकारी ईडनका अध्यक्ष मोहन तिगेलाले बताए । नियमित रुपमा यस्ता कार्यक्रमहरु आयोजना गरी विद्यार्थीहरुलाई वैदेशिक शिक्षाका निम्ति राजधानी धाउनुपर्ने बाध्यतालाई न्युनिकरण गर्ने आफ्नो पहल रहेको उहाँले बताउनुभयो । स्थानिय रुपमा वैदेशिक शिक्षाको परामर्श लिदा विद्यार्थीहरु ठगी र झुटा कन्सल्टेन्सीहरुबाट नठगिने कुराको जानकारी पनि उनले गराए ।
जानकारी
IELTS परीक्षा दिएर कुनै विकल्पको खोजीमा रहेका पूर्वका विद्यार्थीहरुलाई सर्वसुलभ ढंगले सेवा प्रदान गरिरहदा यस्ता सेमिनारले वैदेशिक अध्ययनका शैक्षिक र आर्थिक पाटोलाई बुझ्न मद्दत गरेको पाईन्छ । कुन कलेज वा विश्वविद्यालयमा भर्ना हुने वा नहुने ? अष्टे्रलियामा शैक्षिक पद्दति कस्तो छ ? अष्टे्रलिया नेपालीहरुका लागि साच्चै उचित गन्तव्य हो त ? अष्टे्रलिया गएर नेपालीहरु के कस्ता विषयहरु अध्ययन गर्न सक्छन ? अष्टे्रलिया पढ्न जाँदा विद्यार्थीहरुलाई कत्तिको आर्थिक भार पर्छ ? अष्टे्रलियामा नेपालहरुले के कस्ता छात्रवृति पाउछन ? कति शैक्षिक योग्यता अष्टे्रलिया जानको लागि पर्याप्त छ ? कतै अष्टे्रलिया पढ्न जाँदा दुख पाईने त होईन ? वैदेशिक अध्ययनले विद्यार्थीहरुको भविष्यमा कस्तो प्रभाव पार्छ ? मैले अष्टे्रलिया जान मिल्छ वा मिल्दैन ? यी र थप धेरै प्रश्नहरुको सही उत्तर पाउनलाई सेमिनारमा सहभागी हुँदा जान्न सकिने कुराको जानकारी इडनकी सञ्चालिका पुनम राईले बताइन ।
सेमिनारका आर्कषणहरु
यस सेमिनारका विभिन्न आर्कषणहरु छन् । यस सेमिनारमा सहभागी भई नाम टिपाउनुहुने विद्यार्थीहरुलाई IELTS कक्षा तर्फ भारी छुट दिईनेछ । त्यसैगरी, आफ्ना शैक्षिक प्रमाण पत्र ल्यायी सहभागी हुने विद्यार्थीहरुलाई स्पट एडमिसनको सुविधा पनि रहेको छ । साथै, राम्रो शैक्षिक योग्यता भएका विद्यार्थीहरुले ३० प्रतिसत सम्म छात्रवृटि प्राप्त गर्न सक्नुहुनेछ । त्यति मात्र नभएर विद्यार्थीहरुलाई फ्री करियर काउसेलिङ प्रदान गर्ने ईडनको लक्ष्य रहेको छ । अफर लेटरका लागि हप्तौं कुरिरहनु पर्ने बाध्यताबाट छुट्कारा पाउनका लागि पनि विद्यार्थीहरुले सो सेमिनारमा सहभागी हुनुहुनेछ भन्ने विश्वास इडनको रहेको छ । विद्यार्थीहरु वैदेशिक शिक्षासंग सम्बन्धित आर्थिक पाटोका बारेमा स्पष्ट पार्नका लागि नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा राखेको एक बैंकलाई पनि सेमिनारमा सहभागी गराउने कुराको जानकारी इडनका अध्यक्ष मोहन तिगेलाले जानकारी दिए । यस सेमिनारमा उपस्थिति जनाउने बैंकले विद्यार्थीहरुलाई शैक्षिक कर्जा सम्बन्धि जानकारी दिनेछ , उनले भने ।

यस सेमिनार सबै विषयमा अध्यनरत विद्यार्थीहरुका लागि उपयुक्त रहेको दावी गरिएको छ । नेपाली विद्यार्थीहरु माँझ ब्यापक रुचाईएका विषयहरु अध्ययन गराईने कलेज र विश्वविद्यालयहरुको सहभागिता हुने भएकाले यसो भनिएको हो । सो सेमिनारमा Accounting, Hotel Management, Leadership, IT, Public Health, Nursing, Engineering, Professional Accounting, Child Care, Tourism, Dental Technology, Marketing  आदि लगायत विभिन्न विषयहरुका संचालकहरुको सहभागिता रहने भएकाले सबैखाले विद्यार्थीहरु यस कार्यक्रममा उपस्थित भई जानकारी लिन सक्ने दावी इडनको रहेको छ ।

विगतको अनुभवहरुबाट यस्ता सेमिनारहरुले विद्यार्थीहरुलाई पुराएको सहयोगले फेरि पनि त्यस्तै प्रकृतिको कार्यक्रम आयोजना गर्न लागिएको कुराको जानकारी उनले गराए । धेरै विद्यार्थीहरुमा मोफसल बाहिर पनि वैदेशिक शिक्षाका लगि परामर्श प्रदान गर्ने संस्थाहरु छन भन्ने कुरा जानकारी नभएको अवस्थामा ति विद्यार्थीहरुलाई यस्ता सेमिनारले धेरै विश्वस्त बनाउने गरेको इडनकी काउन्सेलर निता राई बताउछिन् । लामो दुरी तय गरेर बारम्बारको यात्रा गरि काम गर्नु पर्दा आदिक भएका विद्यार्र्थीहरुका लागि इडनले यस्ता सेमिनारहरु गरेर प्रष्ट पार्ने गरेको उनको बुझाई छ । अबका दिनमा काठमाडौं धाएर कागजी कामहरु झन्झटीलो ढंगले गर्न नपर्ने कुराको जानकारी उनले दिइन ।
यस्ता सेमिनारहरु विद्यार्थीहरु माँझ उत्साहको कारण त बनेको छ नै तर त्यतिमा सिमित भने छैन । यस वर्ष गरिएका विभिन्न सेमिनारहरुलाई फर्केर हेर्दा, यस्ता सेमिनारहरुले अभिभावकहरुलाई पनि उत्तिकै प्रभाव पारेको देखिन्छ । इडनकी काउन्सेलर मिनिता श्रेष्ठका अनुसार अभिभावकहरु आफ्ना सन्तानहरुको शिक्षाप्रति बढी चिन्तित हुने गरेको र अष्टे्रलियन कलेल तथा विश्वविद्यालयहरुसंग संगै बसेर प्रश्न गर्र्न पाउदा निर्धक्क हुन्छन । लामो दुरी तय गरेर होस वा छोटो दुरी तय गरेर गरिने शैक्षिक यात्रा होस, अभिभावकहरुको मनमा आफ्नो सन्तान प्रति सधै चिन्ता हुने गर्छ । यस्ता कार्यक्रमले काठमाडौंबाट टाढा रहेर पनि वैदेशिक अध्ययन बारे सम्पूर्ण जानकारी पाउने हुँदा अभिभावकहरु निकै खुशी छन् । आफ्नो घर आगनमै परामर्शदाताले यस्ता कार्यक्रमहरु आयोजना गर्दा धेरै कुरा बुझन पाएको र वैदेशिक शिक्षा प्रतिको सोच फेरिएको जानकारी एक अभिभावकले दिनुभयो । सेमिनारहरुमा प्रश्नोत्तर गरेपछि प्रकृया सुरु गर्नेको संख्या उलेख्य रुपमा बढ्ने गरेको मोहन तिगेलाले बताउनु भयो । केही विद्यार्थीहरुका लागि भने धरानमै वैदेशिक शिक्षा सम्बन्धि परापर्श प्रदान गर्ने संस्था रहेको कुरा सेमिनारहरुका कारण थाहा हुने गरेको विगतले देखाउछ ।
बढ्दै गरेको विद्यार्थीहरुको अष्टे्रलियाप्रतिको आर्कषणको पछाडि यी कलेज र विश्वविद्यालयहरुले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षा नै मुल कारण हो । विद्यार्थीहरुले वैदेशिक जीवनशैलीबाट प्रभाभित भएर राम्रा राम्रा विकल्पहरु आफ्नो देश लिएर फर्कने गरेको पनि उत्तिकै पाईन्छ । इडेनकी अर्की काउन्सेलर प्रेरणा पराजुली भन्छिन्, ‘ यो किसिमको सेमिनारमा सहभागि हुन पाउनु धेरै विद्यार्थीहरुका लागि सुवर्ण अवसर बन्न सक्छ’ । उनका अनुसार नेपालमा पढ्छु भन्दा पनि नपाईने धेरै विषयहरु छन् जुन अष्टे्रलियामा भने सजिलै सम्भव छ । आज भोली विद्यार्थीहरु Child Care, Aged Care, Film Making, Music, Cyber Security जस्ता विषयहरुमा आर्कशित हुने गरेको पाईन्छ । यी विषयहरु मध्ये धेरैको अध्ययन नेपालमा हुदैन र भएपनि राजधानी केन्द्रित हुने गरेको पाईन्छ ।
यस पटकको फ्रि सेमिनरले अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न जान चाहाने विद्यार्थीहरुका लागि सुर्वण अवसर बन्नेछ । अष्ट्रेलियाबाटै आउने विश्व विद्यालयका प्रतिनिधिहरुले त्यहाँको बारेमा राम्रोसंग जानकारी दिईने छ । त्योसंगै तत्कालै एडमिसन पनि गरिने भएकोले सहभागि विद्यार्थीहरुले आफनो सम्पुर्ण शैक्षिक कागजातहरु ल्याएर आउनुपर्ने हुन्छ । पूर्वमा सबै भन्दा धेरै विद्यार्थी बैदेशिक अध्ययनमा पठाउदै आएको इडेनको यो सेमिनारमा सहभागि भएर मौकाको फाईदा उठाउन विद्यार्थीहरुलाई इडनले अनुरोध पनि गरेको छ ।

फ्रि सेमिनारः
इडन एकेडेमी कन्सल्टेन्सी प्रा.ली. धरानले विभिन्न समयमा यस्ता फ्रि सेमिनारहरु गर्दै आएको छ । बिगतमा पनि थुप्रै सेमिनारहरु सम्पन्न गरेको छ । विभिन्न देशका विश्व विद्यालयका प्रतिनिधिहरुको उपस्थितिमा गरिएका यस्ता सेमिनारमा अन द स्पोट एडमिसन गर्ने कार्यक्रमहरु पनि भएका छन् । जस्तै एडमिसन डे जस्ता कार्यक्रमहरु पनि सम्पन्न भएका छन् । यो संगै धरानमा मात्रै नभएर बैदेशिक अध्ययनमा जान चाहाने विद्यार्थीहरुलाई लक्षित गरेर पुर्वी पहाडी जिल्ला ईलाम, पाचथर र ताप्लेजुङमा समेत फ्रि सेमिनार सम्पन्न गरेको छ । पहाडी जिल्लामा सम्पन्न गरिएको सेमिनारको प्रभाव निकै राम्रो रहयो । फेरी पनि यस्तो सेमिनार गर्न त्यस क्षेत्रका अभिभावक र विद्यार्थीहरुले माग गरिरहेका छन् । यसैको सिलसिलामा यसपटक धरान र इटहरीमा हुन लागेको सेमिनार जस्तो सेमिनार आउदो दिनहरुमा अरु ठाउमा पनि गर्नै सोच इडेनको रहेको छ । विद्यार्थी र अभिभावकहरुको साथ र माया यसरीनै इडनले पाईरहयो भने आउदो दिनमा पनि यस्ता खाले फ्रि सेमिनारहरु गरीरहने इडेनको भनाई छ ।

सेमिनारमा बैंकिङ बुथ पनि राखिनेःअध्यक्ष तिगेला

mohan_tigela इडेन एकेडेमी कन्सल्टेन्सी प्रा.ली. धरानको कार्यालय, तमु कम्पेल्क्समा शनिवार र इटहरीको आईतबारे रोडमा आइतबार एकै समयमा हुने सेमिनारमा सेमिनारमा बैंकिङ बुथ पनि राखिने बताइएको छ ।
इडन एकेडेमी कन्सल्टेन्सी प्रा.ली. धरानले यही पुष २१ गते शनिबार र पुष २२ गते आईतबार फ्रि सेमिनार गर्न गईरहेको छ । यो फ्री सेमिनार अष्ट्रेलियामा पढन जान चाहाने विद्यार्थीहरुका लागि केन्द्रित रहेको बताईएको छ । यहीक्रममा रुबी हुक्पाचोङ्बाङले इडन एकेडेमी कन्सल्टेन्सी प्रा.ली. धरानका अध्यक्ष मोहन तिगेला संग फ्रि सेमिनारको बारेमा केन्द्रित रहेर गरिएको संक्षिप्त कुराकानी ।

इडनले गर्न लागेको सेमिनार कस्तो सेमिनार हो ?
यो सेमिनार अष्ट्रेलियाको प्रतिष्ठीत कलेज र विश्व विद्यालयहरुको प्रतिनिधिहरुको उपस्थिति रहने भएकोले यो अष्ट्रेलिया पढन जान चाहाने विद्यार्थीहरुको लागि सुर्वण अवसर हो । यो सेमिनार धरानमा यही पुस २१ गते शनिवार र इटहरीमा पुस २२ गते आईतवार हुदैछ । धरान र इटहरीका विद्यार्थीहरुलाई अष्ट्रेलियामा पढन जादा चाहिने अत्याआवश्यक जानकारी र उनीहरुले भविष्यमा प्राप्त गर्न सक्ने अवसरहरुका बारेमा भरपुर जानकारी पाउनेछन् । यसैगरी यसपटक विद्यार्थीहरुको सहुलियतका लागि बैकिंङ बुथ पनि राखिने छ । जहा विद्यार्थीहरुले झेल्नुपर्ने अर्थिक समस्या र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने सम्पुर्ण जानकारी विद्यार्थीहरुले पाउनेछन् ।

पहिलेको सेमिनार र अहिले के फरक छ ?
पहिले भन्दा फरक विश्व विद्यालय र कलेजहरुको उपस्थिति रहनेछ । हामीले धेरै भन्दा धेरै र फरक विषय वस्तुहरु समावेश गर्देछौ । जस्तै ः नर्सिङ, होटल म्यानेजम्यण्ट, इन्जिनियरिङ लगायत जति पनि हाम्रो विद्यार्थीहरुको विषयवस्तुको रोजाई अन्र्तगत पर्ने धेरै विषयहरु भएका विश्वविद्यालय र कलेजहरुको प्रतिनिधिहरुको उपस्थिति छ ।

यो सेमिनारले कस्ता विद्यार्थीहरुलाई लक्षित गरेको छ ?
यो सेमिनारले प्लस टु पढि सकेका विद्यार्थीहरु व्याचलर्स पढन र व्याचलर्स पढीसकेकालाई मासर्टस पढन र मासर्टस पढीसकेकालाई रिसर्च अर्थात विद्यावारीधि गर्नेहरुलाई लक्षित गरेको छ । समग्रमा हामीसंग प्लस टु देखि पिएचडी सम्म पढने विषय वस्तु भएका कलेज र विश्व विद्यालयहरुको सहभागिता हुनेछ । यस कारण धेरै भन्दा धेरै विद्यार्थीहरु लाभान्वीत हुनेछन् ।

स्पोट एडमिसनको व्यावस्था छ की छैन ? यस पालिको सेमिनारमा ?
केही विश्व विद्यालय र कलेजहरुले विद्यार्थीहरुको कागजात हेरेर स्पोट एडमिसनका लागि स्पोट अफर लेटर दिने व्यावस्था छ ।

यस्तो फ्री सेमिनर अरु तिर गर्ने योजना छ की छैन ?
पहिलो पटक धरान र इटहरीमा गर्न लागिएको हो भने अव चाडैनै विराटनगर र विर्तामोडमा पनि गर्ने योजना रहेको छ ।