बोक्सो आरोप लगाएर हत्या गर्नेलालाई जन्मकैद

alt
  • पुष १९, २०७५
  • १०७ पटक पढिएको
  • ब्लाष्ट खबर

सप्तरी / सप्तरी महादेवा गाउँपालिका–४ साविक डाँढा गाविस–८ का एक वृद्धलाई बोक्सोको आरोपमा हत्या गर्ने आरोपितलाई जिल्ला अदालत सप्तरीले जन्मकैदको फैसला गरेको छ । 

महादेवा गाउँपालिका–४ मनियारी पर्साही मुसहरी टोलका ६१ वर्षीय भोला सदालाई बुधबार जन्मकैद सजायको फैसला गरेको अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए । 
सुतिरहेका सोही ठाउँका ६५ वर्षीय खटर सदालाई कथित बोक्सो भन्दै ०७३ मङ्सिर २ गते राति सिलौटाले प्रहार गरी हत्या गरेको आरोपमा भोलालाई त्यसको भोलि पल्टै प्रहरीले पक्राउ गरेको थियो । 

मृतककी पत्नी ५५ वर्षीया खिखरीदेवी सदाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कारवाहीका लागि उजुरी दिएकी थिइन् । जिल्ला न्यायाधीश राजेशकुमार काफ्लेको एकल इजलासले आरोपित सदालाई विसं २०७३ मङसिर २२ गते पुर्पक्षाका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो 

सीपले बनायो आत्मनिर्

दमक/ झापाको शिवसतासी नगरपालिका–८ की निशा अधिकारी

विप्लव नेकपा र नेपाल

सरकारले गैरसंवैधानिक र गैरकानूनी हर्कत गरेको भन्दै विप्

कचनकवलमा  २ हजार बिघ

भद्रपुर/ धान रोप्ने मेसिन किसानको पहुँचमा पुगेपछि यस वर

नेपाली  फिल्मका  रङ्

होलीले मेरो रङ्गायो नयाँ चोली फागुन महिनामा खेलौं होली


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved