पूर्व एआइजीलाई नौ महीना कैद र ७९ लाख ८७ हजार २२५ बिगो जरिवाना हुने फैसला

alt
  • पुष २०, २०७५
  • २७० पटक पढिएको
  • ब्लाष्ट खबर

काठमाडौँ / : विशेष अदालतले सशस्त्र प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक ऋषभदेव भट्टराईलाई भ्रष्टाचार गरेको ठहर गर्दै नौ महीना कैद र रु ७९ लाख ८७ हजार २२५ बिगो जरिवाना हुने फैसला गरेको छ । 


न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले आज भट्टरार्ईलाई दोषी ठहर गर्दै सो फैसला गरेको हो । अदालतको आदेशमा भट्टराईले पदमा हुँदा रु एक करोड २१ लाख ४९ हजार ६५६ बराबर सम्पत्तिको स्रोत उल्लेख नखुलेको हुँदा भ्रष्टाचारी ठहर भएको उल्लेख छ । 

अदालतले भट्टराईको कूल सम्पत्ति रु तीन करोड १७ लाख ६७ हजारमध्ये रु एक करोड २६ लाख ३० हजार २४९ स्रोत खुलेको सम्पत्ति भएको ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक करोड ९१ लाख ९६ हजार ३६ हजार ८८१ बराबरको सम्पत्तिको स्रोत नखुलेको अकुत सम्पत्ति कमाएको दाबी गर्दै २०७३ मङ्सिर ८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

धरानलाई पर्यटन पालिक

 देउराली । प्रदेश सरकाले पूर्वकै पर्यटकीय सहर धरान

सामुहिक बलात्कार गर

ब्लाष्टखबर । असार २ गते खाजा खाएर फर्कदै गरेकी युवतीलाई

पानी पीडाः हुँनेखाने

धरान / यस्ता पनि ठाउँ छन् जहाँ एक गाग्री पानीका ला

बंगुर र कुखुरापालन त

पथरीशनिश्चरे  । मोरङको पथरी शनिश्चरे नगरपालिका अन्


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved