मन्दिरमा महिला प्रवेश विषयको विरोधमा ७५० पक्राउ

alt
  • पुष २१, २०७५
  • १५८ पटक पढिएको
  • रासस

तिरुवनंतपुरम / दक्षिणी भारतको एउटा मन्दिरमा दुइ जना महिला प्रवेश गर्न लागेको कारण उत्पन्न विरोध प्रर्दशनपछि ७ सय ५० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । 

दक्षिण भारतीय राज्य केरलामा अवस्थित हिन्दु धर्मावलम्बीहरुको सबरीमालामा परम्परागतरूपमा महिलालाई निषेध गरिएको र मन्दिरमा परम्पराविपरित गएर महिलाले प्रवेश गर्न लागेको भन्दै गत बुधबारबाट विरोध र झडपसमेत शुरु भएको थियो । 
प्रवेश निषेध गरिएको इलाकाबाट पनि करिब ६ सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रमोदकुमारले एएफपी समाचार समितिलाई बताउनु भएको छ । 
यद्यपी महिलालाई पनि मन्दिर प्रवेश गर्न दिनुपर्ने आदेश अदालतले केही समय पहिले नै दिएको थियो । तर अहिले पनि महिलाले मन्दिर प्रवेश गर्न पाएका छैनन् । उनीहरुलाई स्थानीयले रोक्दै आएका छन् । 
स्थानीयको विरोधमा लाखौँ महिला अधिकारीवादी, कलाकार, मानअधिकारवादीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुले प्रर्दशन गर्दै आएका छन् । 
यस विषयमा धार्मिक दंगा हुनसक्ने आशंका गर्दै प्रहरीले उच्च सुरक्षा शतर्कता अपनाएको र प्रदर्शन जारी रहेका क्षेत्रमा तनाव भए पनि शान्तिपूर्ण भएको प्रवक्ता प्रमोदले बताउनु भएको छ । 

साबरीमाला मन्दिरमा महिलाहरूलाई प्रवेश गर्न दिन सर्वोच्च अदालतले गत सेप्टेम्बरमा आदेश दिएको थियो । सो मन्दिरमा रजस्वला हुने उमेर भएका १० देखि ५० वर्षका महिलालाई प्रवेश गर्न नदिइने परम्परा रही आएको छ र त्यस परम्पराको महिलाले विरोध गरेका छन् । 

रजस्वला हुँदा अपवित्र हुने मान्यता राख्ने यहाँका हिन्दूवादी स्थानीय नागरिकले महिलाहरूले धार्मिक कार्यमा सहभागी हुन वा मन्दिरमा प्रवेश गर्न हुँदैन भन्ने प्रचलन रहेको भन्दै उनीहरुलाइए रोकेका छ । 
यस्तो प्रचलनबाट लैङ्गिक रुपमा भेदभाव भएको भन्ने मुद्दा परेपछि अदालतले मन्दिर प्रवेशमा निषेध नगर्न आदेश गरेको हो । 

तेस्रो महिला प्रवेश 

यसैबीच प्राप्त अर्काे एक पछिल्लो समाचारअनुसार उक्त मन्दिरमा विरोधका बाबजुद पनि एकजना महिला शुक्रबार प्रवेश गरेको बताइएको छ ।  उक्त मन्दिरमा गएको बुधबार दुई जना महिला प्रवेश गरेपछि विरोध भएको थियो । स्थानीय नागरिकले सो विरोध गरेका थिए । उक्त विरोध पछि कैयौँ व्यक्तिलाई पक्राउ गरिएको छ र स्थानीयले कुनै पनि हालतमा सो मन्दिरमा महिलालाई प्रवेश गर्न नदिने बताएका छन् ।  
शुक्रबार एकजना महिला जबर्जस्ती प्रवेश गरेको र उनलाई प्रहरीले सुरक्षा दिएको स्थानीय समाचारमाध्यमले जानकारी दिएका छन् । 

नेपाललाई ३-१ ले पछि

देउराली । पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलको फाइलनमा

ट्रकले मोटरसाइकललाई

काभ्रेपलाञ्चोक ।   ट्रकले मोटरसाइकललाई ठक्क

मध्यान्तरसम्म नेपाल

धरान । पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलको फाइलनमा ने

भारत र नेपाल १–१ को

धरान । पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलमा भारतले अग्


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved