बुटवल / दैनिक पत्र दैनिक, बुटवल र ब्लास्ट टाईम्स दैनिक,धरान बीच शनिबार सम्पन्न एक बैठकको निर्णय अनुसार दुबै संस्थाले आपसी संस्थागत हितका बिषयमा सहकार्य गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सो सम्झौता पत्रमा दैनिक पत्र दैनिक, बुटवलका कार्यकारी प्रमुख तथा प्रधान सम्पादक बालकृष्ण चापागाईं र ब्लास्ट टाईम्स दैनिक, धरानका प्रबन्ध निर्देशक तथा सम्पादक किशोर कुमार कार्कीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन । 

बिज्ञापनका बिषयमा बजारको सम्भावना ,बिज्ञापनदाताहरु र बिज्ञापन एक अर्का बीचमा बिनिमय गर्ने, दुबै संस्थाबाट प्रकाशित हुने अखबारको ले–आउट, न्युज एजेण्डा लगायतका बिषयमा अनुभवको आदान–प्रदान गर्ने, प्रविधिगत समस्याहरु तथा कच्चा पदार्थहरुको अभावको बेला एक आपसमा सहयोगको नीति अबलम्बन गर्ने दुई संस्था बीच सहमति भएको छ । त्यस्तैगरी दुई संस्था बीचको सहकार्यलाई बलियो बनाउँदै लगी प्रकाशन संस्थामाथि आईपर्ने समस्याहरुलाई संयुक्त रुपमा समाधान गर्ने सम्झौता भएको छ ।