सामाजिक सञ्जालबाट किशोरी प्रभावित

alt
  • पुष २३, २०७५
  • ९५ पटक पढिएको
  • ब्लाष्ट खबर

वासिङ्टन डिसी/ सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरीहरु बढी प्रभावित भएको एक अध्ययनले देखाएको छ । 

आफ्ना साथीहरुसँग सम्पर्कमा रहन र सिक्नका लागि सामाजिक सञ्जाल किशोरकिशोरीहरुका लागि सहयोग माध्यम हो । तर यसले उनीहरुलाई नकारात्मक प्रभाव पनि पारेको पाइएको छ ।  लण्डन विश्वविद्यालयका विद्यार्थीहरुले गरेको सो अध्ययन “इक्लिनिकल मेडिसिन” नामक जर्नलमा प्रकाशित भएको छ ।

अध्ययनका अनुसार झण्डै १४ वर्षको उमेरका किशोरीहरुलाई सामाजिक सञ्जालको प्रयोगले बढी मानसिक तनाब बढाउने गरेको छ ।

प्रति दिन झण्डै पाँच घण्टा सामाजिक सञ्जाल प्रयोग गर्ने किशोरीहरुको शैक्षिक गुणस्तरमा ५० प्रतिशत ह्रास आएको पाइएको छ भने, किशोरहरुको शैक्षिक गुणस्तरमा ३५ प्रतिशत ह्रास आएको छ ।  तुलनात्मक रुपमा दैनिक एक देखि तीन घण्टा सामाजिक सञ्जाल प्रयोग गर्नेहरुको पढाइमा भने सुधार आएको पाइएको अध्ययनले देखाएको छ ।

“हामीले एउटा खतरनाक तथ्य फेला पार्यौ, सुरुमा त पत्याउन पनि गाह्रो भयो, त्यो यही थियो की, सामाजिक सञ्जालको प्रयोगले छोराहरुलाई भन्दा छोरीहरुलाई बढी असर गरेको पाइयो,” अध्ययनका प्रमुख लेखक एभन केल्लीले भन्नुभयो ।

यस अध्ययनले सामाजिक सञ्जालको प्रयोग र मानसिक तनावको सम्वन्धलाई पनि देखाएको छ । सामाजिक सञ्जालको गर्नेहरुमा मानसिक तनावको संकेत बढी देखिएको अध्ययनले पुष्टि गरेको छ ।
सामाजिक सञ्जाल प्रयोग गर्नेहरु धेरै तनावपूर्ण, अशान्त र एक्लोपन अनुभव गर्ने गरेको पाइएको छ ।

अध्ययनले अन्य पक्ष पनि देखाएको छ । सामाजिक सञ्जालको प्रयोग गर्नेहरु कम सुत्ने, इन्टरनेटमार्फत् हुने दुव्र्यवहारमा पर्ने लगायतका समस्या पनि देखिने गरेको अध्ययनकर्ताहरुले बताएका छन् ।

नेपाललाई ३-१ ले पछि

देउराली । पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलको फाइलनमा

ट्रकले मोटरसाइकललाई

काभ्रेपलाञ्चोक ।   ट्रकले मोटरसाइकललाई ठक्क

मध्यान्तरसम्म नेपाल

धरान । पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलको फाइलनमा ने

भारत र नेपाल १–१ को

धरान । पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलमा भारतले अग्


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved