धरान / वडास्तरीय गोधुली फुटबल रनिङकप अन्तर्गत सोमबार भएको खेलबाट धरान १५ ले फराकिलो जित निकालेको छ । धरान १७ एन्फा एकेडेमीको खेल मैदानमा भएको प्रतियोगितामा धरान १५ ले धरान १० लाई १ का विरुद्ध ४ गोल गर्दै आफ्नो टिमलाई फराकिलो जित दिलाएका हो ।

वडा नं. १५ का तर्फबाट शुभम् कार्कीले ह्याट्रिक गरेका थिए भने प्रज्ञान देवानले थप गोल गरेका थिए । शुभम्ले खेलको ८, १५ र ६७ औ मिनेटमा गोल गरेका थिए भने प्रज्ञानले ७० औ मिनेटमा गोल गरेका थिए । धरान १० का तर्फबाट भने सान्ताेना गोल खेलको ३२ औं मिनेटमा अजय राईले गरे ।
आजको खेलको म्यान अफ द म्याच धरान १५ का शुभम कार्की घोषित भएका थिए । उनलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । भोलिको खेल धरान ६ पटक विजेता बनि सकेको १९ र वडा नंं १२ बीच हुने आयोजकले जनाएको छ ।