बिराटनगर/ धुले सडक किनारामाबाँसको टाटीले बेरिएको थोत्रे झुपडी । बाहिरबाट भित्र प्रष्ट देखिने गरी भताभुङ्ग भएको टाटीको बेरामाथि सिधै आकास देखिने छिया-छिया भएको खरको छानो । झट्ट हेर्दा बाख्राको अव्यवस्थित खोर झै लाग्ने यही झुपडीमा कष्ट पूर्ण गुजारा चलाई रहेका बेसहारा बृद्ध दम्पतीको व्यथा कहाली लाग्दो छ ।

मोरङको बेलवारी-४ सखुवाटोलीका ७३ वर्षिय परु र ७० वर्षीया बुधुनी चौधरीलाई गरिबीको चरम पीडा त छदै थियो, त्यस माथि दसा पनि थपिएपछि उनीहरुको केहि सिपलागेन । २२ वर्षीय एक्लो छोरालाई तीनवर्ष अघि गुमाएकी बुधुनीको हिड्ने क्रममा लडेर खुट्टा भाचियो ।

दुईछाक टार्न हम्मे-हम्मे भईरहेको अवस्थामा भाचिएको खुट्टाको उपचार गर्न सक्ने अवस्थानै थिएन । उपचार गर्न नसकेर खुट्टाको पीडा बढ्दै गएपछि बुधुनीलाई आफ्नै खुट्टा घाडो हुने मात्र नभई त्यहि खुट्टाको पीडाले ज्यान नै जान्छकी जस्तो भयो ।

तर, यहिअवस्थामा नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिलशर्माले उनीहरुलाई साथ दिएपछि चौधरी दम्पतीको योपीडामा मलम लागेको छ ।

खुट्टा भाचिएपछि ओछ्यानमै थला परेकी बुधुनीे उपचार नपाएर यत्तिकै मर्ने भए भनेर निरास थिईन् । ‘अब यत्तिकै कुहिएर मर्छु जस्तो लागेको थियो ।’ आँखाभरी आँसु पार्दै बुधुनीले भनिन् ‘कहाँबाट सुनिल सर भगवान बनेर आईदिनु भयो र बाँचे ।’ असहाय र बिपन्न बिरामीलाई सहयोग गर्दै आएका समाजसेवी डा.शर्माले झुपडीमै पुगेर उपचारका लागि बुधुनीलाई नोबेल अस्पताल ल्याएका हुन् । 

स्थानीय राजकुमार लिम्बु, चन्द्र लिम्बुलगायतले उनीहरुको अवस्था बताएपछि डा.शर्मा उद्धारगर्न चौधरीको घरमै पुगेका थिए ।

डा.शर्माले नोबेल अस्पतालमा २२ दिनसम्म राखेर बुधुनीको भाचिएको खुट्टाको उपचार गराए । उपचारका क्रममा लाग्ने सबै खर्च, औषधी र वृद्धवृद्धा दुबैलाई खाना तथा खाजा पनि डा.शर्माले नै दिएका थिए ।

उपचारपछि खुट्टा ठिक भएर बुधुनीअहिले घर फर्किएकी छन् । उपचारका क्रममा पटक-पटक विरामीको अवस्था बुझ्न पुगेका डा.शर्मा उनीहरु घर फर्किएपछि पनि हेरचारका लागि घरमै पुगे । समस्यामा पर्दा सहयोग गर्नु मानवीय कर्तव्य भएकाले सहयोग गरेको डा.शर्माले बताए ।

‘आर्थिक अभावले समस्यामा परेका वास्तविक विपन्न परिवारका बिरामीलाई सहयोग गर्दै आएको छु ।’उनी भन्छन् ‘वृद्ध आमाबुवाको पनि धेरै बिजोक देखेर सघाएको हुँ ।’बृद्ध अवस्थाकाचौधरी दम्पतीलाई साथदिने अरु कोहि छैनन् ।

२२ वर्षको एक्लो छोराको पनि मृत्यु भएपछि उनीहरु बेसहारा छन् ।

सक्दाअरुलाई काम सघाएर खानाको जोहो गर्छन् । नसके अरुसँग मागेर जीविका चलाउँछन् । दुबै उपाय नमिल्दा धेरै दिनभोक-भोकै तड्पिने गरेको बृद्ध परुले सुनाए । ‘न त पौरख गरेर खाननै सक्छौ ।’दुखेसो पोख्दै उनले भने ‘न गरिखान सकिन्छ, न त मरिजान नै, बिजोक छ हजुर ।’ झुपडीकी बुधुनीले भनिन् ‘डा.सुनिलशर्मा नभएको भए घरमै कुहिएर मर्ने थिए’