सिरहा/ सिरहको मिर्चैया नगरपालिकामा रजक सेवा समाज सिरहा द्धारा कम्बल वितरण गरिएको छ । सिरहाको मिर्चैया नगरपालिका वडा नंं ५ मा २ थान कम्बल रजक सेवा समाज सिरहाद्धारा विपन्न, दलित, एकल महिला, बृद्ध बृद्धाहरुलाई कम्बल वितरण गरिएको हो ।

उक्त कम्बल वितरण कार्यक्रममा रजक समाजका बुद्धिजीवी, समाज सेवी , पदाधिकारी तथा रजक समाज का अगुवाहरुले कम्बल वितरण गरेका थिए ।

नेपाल रजक सेवा समाज हाल साउदी अरेबिया, कतार ,दुबई मलेशिया, नेपाल लगायत देश हरुमा क्रियाशील रहेको छ । समाजले गरिब तथा विपन्न परिवार लाई सहयोग पुर्याउदै आएको संस्थाका सदस्य जिवछकुमार रजकले बताएका थिए ।

लगायत स्थानीय, बुद्धिजिवी, समाजसेवी, नागरिकसमाज, पत्रकार लगायतको उपस्थितमा कम्बल वितरण कार्यक्रममा रहेका थिए । साथै सिरहा जिल्ला भरिमा १८ जना र धनुषा जिल्ला भरिमा ८ जना साथै सप्तरीमा १० जना लाई कम्बल वितरण गरेका छन् ।