धनकुटा / सर्वसाधरणलाई जोखनाको माध्यामवाट भविश्यवाणी गर्ने तराईमुलका ४ महिला शनिवार धनकुटा नगरपालिका .६ वाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा झापा भद्रपुर नगरपालिका१ वस्ने बर्ष २८ की हुस्नुवानु, वारा जिल्ला गढिमाई नगरपालिका वडा नं. ३ वस्ने बर्ष ३० की शनिचरी माली, सोही स्थान वस्ने २५ की वुधिया खातुन र बर्ष २८ की जयदा खातुन रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्रवहादुर गुरुङ्गले जानकारी दिए ।
उनीहरुले जिल्लाको विभिन्न स्थानमा उपचारको वहनामा ठगी गर्दै हिडेको स्थानियको उजुरीको आधारमा पक्राउ गरिएको प्रमुख गुरुङ्गले वताए ।
गाउँघरका सर्वसाधरण नागरिकलाई विभिन्न प्रलोभनमा फसाएर जोखना हेर्दै भविश्यवाणी गर्ने, महिलाहरुको स्वास्थ्य उपचार गर्ने भनी जडीवुटी विक्रि गर्ने र डर त्रास उत्पन्न गराई उपचारको वहाना गर्दै ठग्दै हिड्न थाले पछि स्थानियवासीको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले स्थानिय महिलाहरुबाट गरगहना समते लुट्ने प्रयास गरेक थिए । पक्राउ परेका चारै जनालाई आईतवार म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।