जिरोपोइन्ट  / दशै अघि धरानमा मिस स्टेट सुरन्दरी प्रतियोगिता भएको थियो । केही दिन अघि मिस पूवाञ्चन सुन्दरी प्रतियोगिता भयो । अव माघ महिनामा मिसेस स्टेट अर्थात विवाहित सुन्दरी प्रतियोगिता हुने भएको छ ।
मिसेस स्टेट नम्बर १ को दोस्रो सिजन माघबाट शुरु हुने भएको छ । वुमन वोर्थ ग्रुप इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा हुँदै आएको मिसेस स्टेट नम्बर १, २०१९ सिजन २ को तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
विशेषगरी विबाहित महिलाहरुमा भएको क्षमतालाई प्रदर्शन गर्न गत वर्षबाट सुरु भएको मिसेस स्टेट नम्बर १ को अडिसन माघ १९ गते धरानमा हुने ग्रुपकी अध्यक्ष सुजता श्रेष्ठले बताएकी छन् ।
उनका अनुसार प्रदेश नम्बर १ भरीका विभिन्न स्थानमा फारम पठाइने छ । धरान बाहिर फारम पठाइएको स्थानमा १० जनाभन्दा बढी भएमा उक्त स्थानमा पुगेर अडिसन लिइने छ । तर १० जनाभन्दा कम भएमा उनीहरुले धरानबाट नै अडिसन दिनुपर्ने उनले बताइन । सम्पुर्ण अडिसन पश्चात छनौट भएका ३५ जना प्रतियोगी र अभिभावक विच हुने असमझदारीलाई हटाउनका लागी माघ २६ गतेका दिन विहान ११ बजे अन्तरक्रिया कार्यक्रम हुने बताइएको छ ।

१ महिना  तालिम
प्रदेश नम्बर १ का विवाहित महिलाहरूले भाग लिने उक्त प्रतियोगितामा महिलाहरूको क्षमता अभिवृद्धि गर्नका लागी कार्यक्रमको ग्रान्ड फिनालि भन्दा १ महिना अगाडि विभिन्न विषयमा तालिमसमेत प्रदान गरिने पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । तालिम अन्तर्गत संविधानमा महिलाको अधिकार, महिला सशक्तिकरण, लैङ्गिक समानता, महिला उद्यमशिलता, महिला न्यायिक अधिकार, सकरात्मक सोचाई अभिवृद्धि, संकृती र पहिचानको जानकारी, महिला स्वास्थ्य समस्या र समाधानको सचेतना, प्राथमिक उपचार, उद्घोषण तथा भाषणकला, आधारभुत पत्रकारीता तथा फोटोग्राफि, टेवल सिस्टाचार, आत्मरक्षा, विजनेस, पर्यटन प्रवर्दन, अर्गानिक कृषि, मेकअप, र्यामवर्क तथा क्याटवक, फोटो सेसन लगायतका विषयमा जानकारी गराईने बताईएको छ ।

प्रतियोगीहरूलाई माघ २८ गतेबाट धरानस्थित रहेको धरान फिटनेस क्लबमा तालिम तथा प्रशिक्षण दिईने छ । प्रतियोगीताको ग्राण्ड फिनाले भने फागुन २४ गते धरान ८ स्थित रहेको धरान सभागृह हलमा हुने बताइएको छ ।

कक्षा १० उर्तीण, २१ बर्ष माथि उमेर

प्रतियोगीतामा सहभागीता जनाउनका लागी विवाहित महिलाको उमेर २१ वर्षदेखि माथिको हुनु पर्नेछ । साथै कम्तिमा पनि ५ फिट उचाई र शैक्षिक योग्यताको आधारमा कम्तिमा पनि १० कक्षा उत्तीर्ण हुनुपर्नेछ ।

विजेताले नगद १ लाख रुपैयाँ

प्रतियोगीताको मुख्य विजेताले नगद १ लाख रुपैयाँ सहित क्राउन, ट्रफि र गीफ्ट ह्याम्पर प्राप्त गर्नेछ । साथै पहिलो उपविजेताले नगद ५० हजार रुपैयाँ सहित क्राउन, ट्रफि र गीफ्ट ह्याम्पर प्राप्त गर्नेछ भने दोस्रो उपविजेताले नगद २५ हजार रुपैयाँ सहित क्राउन, ट्रफि र गीफ्ट ह्याम्पर प्राप्त गर्नेछ।

साथै टाईटल पुरस्कार तर्फ मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटि, मिसेस व्यूटिफुल, मिसेस फेन्डशिप, मिसेस बेस्ट वक, मिसेस स्माईल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन र मिसेस एक्टिभले पनि ट्रफि र गीफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।