मेचीनगर / मेचीनगर नगरपालिका कार्यालय भित्र मंगलबार कुटाकुट भएको छ । काँकरभिट्टा भानु टोलका तोयानाथ चेपाड र अरुणोदय आवासीय माविबीचको जग्गा विवादको छलफलमा नगरपालिका मै कुटाकुट भएको हो ।
चेपाडको पक्षमा छलफलमा सहभागी नयाँ शक्ति पार्टी झापा अध्यक्ष वीरबहादुर श्रेष्ठलाई नेकपाका युवा नेता सुमन थापाले हेल्मेन्टले प्रहार गरि गम्भिर घाईते बनाएका छन ।
नगरपालिकाको प्रवेशद्धार मै श्रेष्ठलाई थापाले हेल्मेन्ट प्रहार गरेका थिए । घटना भएको केहि बेरमा प्रहरी घटना स्थलमा पुगेको थियो । बिरु श्रेष्ठको टाउकोमा चोट लागेको छ । श्रेष्ठलाई बिर्तामोडको बिएड सि हस्पिटलमा उपचार भईरहेको छ । ।
सुमन थापाका भाई दिवाकर कार्कीबिच हात हाला हाल भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएपी महेश थापाले बताए ।
बिरु श्रेष्ठका छोराले सरोज श्रेष्ठ र अर्को पक्षले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले न्यायपालिकाको कोठामा छलफल हुदै गरेको बेलामा दुई पक्ष बिच नगरपालिकाको परिसरमा झगडा भएको उनले बताइन ।
श्रेष्ठ १८ वर्षदेखि त्यस ठाँउमा बसोवार गदै आएका थिए । अरुणदय आवासीय माविको नाममा रहेको भन्दै विद्यालयले उनलाई हटाउन नगरलाई लिखित निबेदन गरेका थिए । यता चेपाङ परिवारले लामो समय देखि बसोवास गदै आएको स्कुलको नाम नभएर आफ्नो नाममा भएको बताउदैआएका थिए । स्कुलको तर्फबाट आफ्नै नाममा भएको र चेपाङलाई जग्गा खाली गरिदिनका लागि बाम्बार अनुरोध गरेको थियो । स्कुलका प्रअ दुर्गा लुईटेलले स्कुलको नाममा रहेको जग्गाको धनिपुजामा रहेको जग्गा पाउ भनि नगरपालिकाकालाई अनुरोध गरेका थिए ।