मोवाईल र सिम छ, नेटवर्ट छैन

alt
  • पुष २५, २०७५
  • ८५ पटक पढिएको
  • कृष्ण विदुखी गौतम

तेह्रथुम/ मुलुकभर सञ्चार क्षेत्रको तिब्र विस्तार भईरहदा समेत तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगलस्थल गुफा बजारमा नेटवर्कको पहुँच नपुग्दा सेवाग्राहीहरुलाई सास्ती भएको छ ।  पर्यटकिय क्षेत्रको रुपमा परिचित यस बजारमा मोबाइल फोनको नेटवर्क नटिप्दा स्थानीय बजारबासी र यहा घुम्न आउने पर्यटकहरु मर्कामा परेका छन् ।

गुफा बजारलाई लक्षित गरि कुनै नेटवर्ट प्रदायक कम्पनीले टावर निर्माण नगरेपछि चैनपुर नगरपालिकाको सुकेबजार, गुफाबजार, मिल्के लगायतका क्षेत्रमा स्थानीयहरु टेलिफोन सेवाबाट बन्चित छन् । बजारवासी सबैको हातहातमा मोबाइल भएपनि आफन्तसँग फोन गरेर कुरा गर्न सकिने अवस्था छैन ।

यहा घुम्न आईपुगेका पर्यटकहरुले आफ्नो घर परिवार तथा आफन्त संग सम्पर्क बिहिन हुनुपरेको आन्तरिक पर्यटक अर्जन पुरीले बताए । उनले भने यस्तो पर्यटकिय क्षेत्र भएर पनि मोबाईलको नेटवर्क नटिप्दा दुःख लागो ।

तेह्रथुमको सदरमुकाम म्याङलुङ देखी ३२ किलोमिटरको दुरीमा रहेको पर्यटकिय क्षेत्र गुफाबजारमा कुनैपनि सञ्चार कम्पनीको नेटवर्क छैन । फोन नै गर्नुपर्ने जरुरी काम पर्यो भने बजारबाट आघा घण्टाको तेर्सो र उकालो बाटो चढेर डाँडा, डाँडामा पुग्नुपर्ने बाध्यता रहेको स्थानीय पासाङ सेर्पाले बताए । ‘के गर्नु फोन गर्न पनि अग्ला डाँडा चढ्नु पर्छ ।’ सेर्पाले भने ।

सेर्पा समुदायको बाहुल्य रहेको यो बजारमा केही अप्रिय घटना भएमा तुरुन्त कतै खबर गर्न सकिने अवस्था छैन । फोन नै गर्नुपर्ने काम पर्यो भने सबै काम छाडेर डाडाँ डाडाँ पुग्ने पर्ने यहाको बाध्यता बनेको छ । कोही मरिमराउ हुदा पनि बर्खान्त सकिएपछि मात्र थाहा हुने गर्छ ।

करिब ५० वर्ष अघि स्थापना भएको यो बजारमा मोवाईल सेवाका लागी सम्बन्धीत निकायमा पटक पटक टावर स्थापनाका लागी अनुरोध गरेपनि कुनै सुनुवाई नभएको स्थानीय मन्जु खनालको भनाई छ । ‘यहाँ आउने सबैलाई भनिसकियौं कसैले पनि चासो देखाएनन्, साह्रै समस्या भएको छ ।’ खनालको भनाई छ ।

नेपाल टेलिकम दुरसञ्चार कार्यालय विभिन्न ठाउँमा नेटवर्कको क्षमता बढाउने र विस्तारको कार्य गरेपनि ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र र दुर्गम स्थानमा खासै महत्व नदिएको गुफा बजारबासीको गुनासो रहेको छ ।

सीपले बनायो आत्मनिर्

दमक/ झापाको शिवसतासी नगरपालिका–८ की निशा अधिकारी

विप्लव नेकपा र नेपाल

सरकारले गैरसंवैधानिक र गैरकानूनी हर्कत गरेको भन्दै विप्

कचनकवलमा  २ हजार बिघ

भद्रपुर/ धान रोप्ने मेसिन किसानको पहुँचमा पुगेपछि यस वर

नेपाली  फिल्मका  रङ्

होलीले मेरो रङ्गायो नयाँ चोली फागुन महिनामा खेलौं होली


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved