धनकुटा/ साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ चैत २२ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

साहित्यकार घिमिरेको धनकुटा नगरपालिका–६, कचिडेमै केही छायाङ्कन गरिएको छ । साहित्यकार घिमिरेले आफूले किताबमा उल्लेख गरे अनुसार सबै कथावस्तु चलचित्रमा नसमेटिएको उल्लेख गरिन् । नब्बे प्रतिशत धनकुटा र बाँकी धरान तथा राजधानीमा छायांकन भएको छ ।

चलचित्रको सुरु र अन्त्यमा झमक स्वयम् समेत फिल्ममा देखिने छिन् । साहित्यकार घिमिरेको बाल्यकालदेखि पछिल्लो अवस्थासम्मको संघर्षपूर्ण पक्ष समेटिएको मदन पुरस्कार प्राप्त पुस्तक ‘जीवन काँडा कि फूलु मा आधारित चलचित्रमा करिब ३० जना कलाकारको भुमिका रहेको छ ।

चलचित्रमा झमकको अभिनयमा तीन जनाको भुमिका छ । अवस्था थापा र रोजिता बुद्धाचार्यले झमकको अभिनय गरेको निर्देशक विनोद विष्टले बताए । पटकथा तथा संवाद मुक्ति बरालको रहेको छ । दर्जनौ चलचित्रमा पटकथाको भुमिका निभाएका बरालले ‘जीवन काँडा कि फूल’ मा आइपुग्दा फरकपन पाएको पत्रकार भेलामा बताए ।

चलचित्रमा स्वीकृति शर्मा, टीका सुवेदी, सारिका घिमिरे, किशन सुनार, उमा गिरी लगायतले अभिनय गरेका छन् ।